बिगत ८ वर्ष अगाडी एक अस्पतालमा काम गरिरहदा, त्यहाँ एउटा नेपाल सरकारको स्वास्थ्य सम्बन्धि कार्यक्रम आयो जुन कार्यक्रम अनुसार देसकाविभिन्न जिल्ला अस्पतालमा गएर महिलाहरुको पाठेघरको सल्यक्रिया गर्नु पर्ने थियो त्यहि अन्तर्गत हामी देसका सारै बिकट जिल्लामा गएर पनि सल्यक्रिया गरियो। त्यसै क्रममा अनगिन्ति गरिबीका कठिनाइ सुन्न र देख्न पर्यो र स्वम आफुपनि जिबनभर गिरिबिबाटनै गुज्रेको कारणले पनि होला साएद ति गरिबीका काहानिले मलाइ कहिल्यै पिछा छोडेन। हामीले बजांग जिल्लामा जम्मा १४५ महिलाहरुको सल्यक्रिया गरेका थियौ।सल्यक्रिया गरेर घर पठाउने बेलामा सबैलाई बाटो खर्च बापत २००० दिनु पर्थ्यो त्यहि दिने क्रममा एकजना ७० वर्षको आमाले धरधरति रुनु भयो बाबुहरु तपाइँहरु ठुलो भगवान हो, मैले भगवानलाई कति पुकारे सुनेन तपाइहरुले मलाइ भगवानले गर्ने भन्दा ठुलो काम गर्नु भयो भन्दै रुनु भयो। मभन्दै थिए होईन होईन आम हामि त काम गर्ने मान्छे हो तपाइँको कुरा सुनेर भगवानलेनै हामीलाई पठाउनु भएको हो भने। अनि सोधे कति वर्ष भयो आमा पाठेघर झर्ने समस्या भएको, आमा भन्नु भयो १० वर्ष भयो, अनि मैले सोधे किन यो समयसम्म सल्यक्रिया नगर्नु भएको त, यो अस्पतालमा हुदैन अनि कोहलपुर जानु पर्छ रे ३०००० लाग्छ रे मैले काहाबाट ल्याउनु त्यत्रो पैसा मेरो श्रीमान बितेको पनि १२ वर्ष भयो एउटा छोरो थियो त्यो पनि भारतमा गएर भाडा माज्छ उसले पनि कमाउन सकेको छैन। त्यसैले मैले सारै दुख्ख पाएको थिए अहिले कस्तो आनन्द भयो भन्नु भयो। म भाबुक मान्छे तत्काल त्यहि अस्पातलको एउटा कुना पट्टि गएर मज्जाले रोए त्यो बाहेक मसंग बिकल्प थिएन, त्यसैले त्यहि गरे। अनि हामी त्यहाको कार्यक्रम सकेर आछाम जान निस्कियो बीचबाटोमा खाजा खान रोकियो त्यहि क्रममा करिब ६,७ वर्षका ३ जना बालबालिका सानासाना डोकोमा पछाडीपट्टि चाउचाउ,बिस्कुट, मिठाई आदि हालेर हिनेका त्यति सानाने त्यस्तरी बोकेर हिनेको देख्दा सोध्न मन लाग्यो र भने कहाँ हिनेको भारि बोकेर अनि तिनीहरुले भने देखाउदै उ त्यो पहाडको पछाडीपट्टि साहुको पसल छ त्यहि हिनेको, अनि यो सामान पनि त्यहि शाहुको हो भने। अनि के दिन्छ त साहुले भनेर सोद्ये यो पुराएपछि २० रुपिया दिन्छ रे। कति समय लाग्छ त्यहाँ पुग्न भने अनि उत्तर आयो ३ घण्टा जान ३ घण्टा आउन र, दिनमा कति पटक लान्छौ सामान उत्तर दिनमा २ पटक रे। अनि पढ्न मन लाग्दैन त स्कुल जान पर्दैन त सोधे अनि भने जान त मन लाग्छ काम नगरे के खानी घरमा हजुरबुवा आमा हुनुन्छ बा आमा भारत हुनुन्छ कहिले काही अलि अलि पैसा आउछ त्यसले पुग्दैन त्यसैले काम गर्ने पर्छ। फेरी भाबुक भए र त्यहि २०, २० रुपिया दिएर ल राम्रोसंग जाउ मिलेसम्म पढ है भन्ने बाहेक मसंग कुनै उपाए थिएन।
त्यहि बेलुका आछाम पुगेर रेडियो सुन्दा टुडिखेलबाट अनेकबादीबादहरुले नेपाललाई सिंगापुर बनाउने उध्घोस गर्दै थिए र मलाई पनि छिटो छिटो माओबादिले राम्रोकाम गरेर यी बालबालिकाले स्कुल जान पाए हुन्थ्यो भन्ने लागि रहन्थ्यो। एउटा बाद मात्रै भए त हुन्थ्यो होला तर नेपाल बादैबादले पिल्सियो म त खासै बाद नजानेको मान्छे सुन्दानी के के हुन् के के माओबाद, पुजिबाद, समाजबाद, उदारबाद, नबउदारबाद, माक्सबाद, लेनिनबाद अनेकौ अनेक बादले चेपिएर म पनि ४ वर्ष अघि उछिट्टीदै आएर Finland को समाजबाद भित्रको पुजिबादमा निचरिदै छु। दैनिक एकतर्फी १७०किलोमिटर टाडा गाडीमा गएर होटेल सफा गर्ने काम गर्दापनि कसरि एउटा कामदारलाई तैले ढिलो काम गरिस भन्ने बहाना बनाएर ८ घण्टा गरेको कामलाई कसरि ६ घण्टाको पैसा दिने रहेछ समाजबाद भित्रका पुजिबादहरुले भोग्दै छु, म प्राण रहेसम्म हार मान्दिन र यो अन्यायको बिरुद्दमा मेरा अक्षरहरु सल्बलाई रहने छन्।
स्कुलको पढाई सकेसंगै मास्टर पास गर्दा सम्म मेरापनि केहि आर्थिक बाद्यताले सधैभरि केहि न केहि काम गर्नुनै पर्ने थियो कहिले काठमान्डूमा कसैकोघरमा भाडा माझ्न बसे त कहिले मोटरसाईकलको ग्यारेजमा हेल्परको काम गर्न। कहिले कुखुरा बोक्ने गाडीमा खलासीको काम गर्दै रातीभरि कुदेकोकोदेही गर्दै पूर्व मेची देखि महाकाली सम्म पुगे कहिले तरकारी बेच्ने भन्दै बाटोमै तरकारी बेच्दै बसे। एकदिन मैले पाएको त्यो गालि, जुनदिन साहुकापरिवारले खान खाईरहेको अबस्थामा अचानक ढोकाबाट बाहिरपट्टी के हेरेर टोलाएछु साहुले थर्काउदै, भान्से भएर कसको के सकियो थालमा हेर्नपर्दैन, बाहिर हेर्ने हो र भन्दै हकारेको कहिल्यै बिर्सिन। यस्ता अनेकौ अपमानहरुको धनि भएको मान्छे र यो सबै अपमानहरुको मुल कारण पैसा हो भन्ने बुजेको मान्छे, र त्रिभुवन बिस्व बिद्ध्यालयबाट ब्यबस्थापन बिसयमा प्रथम श्रेणीमा पास भएको म, जाबो यो नाथे अर्थशास्त्र दुनियालाई अलमलमा पारेर संसारभरिका मानिसलाई गरिबीमा पिल्सिन बाद्य पारेकोले यसमा मेरो बिसेस जोड गयो र अहिले संसारकै मै हुम भन्ने प्रोफेस्सोरहरुको पनि दिमाग हल्लिने गरि बिस्लेसण गर्ने खुबी छ मेरो। यहि खुबी प्रयोग गरेरनै संसारबाट गरिबीको अन्त्य गर्ने सपना छ मेरो। त्यसैले म पनि बास्तबिकवादको सिद्धान्त बोकेर छिट्टै नेपालबाट गरिबी हटाउन आउदैछु र मलाई संसारको कुनैपनि तागत le रोक्न सक्दैन किनकि मलाई मारेर रोक्न सक्लान तर मेरो विचारलाई कसैले रोक्न सक्दैन र संसारमा मानबजातिकोलागि आर्थिक बिचारधारा यो जत्तिको बैज्ञानिक, यो जत्तिको सरल न कसैले Aहिलेसम्म बनाए र भबिस्यma सम्भब huneछ
म घमण्ड गर्दिन यो विचारधारा मेरो हो भनेर। यो विचारधारा मेरो परिवार, मेरो गाउले जसले मलाई तोते बोल्न सिकाए, मेरो सानो स्कुलका मेरा गुरुहरु जसले मेरा हात समाउदै अक्षर कोतर्न सिकाउनु भयो, मलाई पढ्नको लागि स्कुल बनाइदिने मेरो सरकार, मेरा मौद्रिक नीतिका अनेकौ प्रस्नका उत्तर दिने मसंगै पढेका साथी हाल राष्ट्र बैंकका उपनिर्देसक जनक सापकोटा, मेरा अनेकौ आर्थिक बिकास सम्भंधि प्रस्नहरुको उत्तर दिने मेरा गाउका असल र क्षमताबान दाजु जो अमेरिकाबाटै अर्थशास्त्रमा बिद्याबारिधि गरि अमेरिकी सरकारकै नीति निर्माणमै काम गरिरहनु भएका डाक्टर लेखनाथ चालिसे, मेरो आफ्नै भाई जो नेपालको परिबर्तनको आस लिएर माओबादी सेनामा भर्ति भयो तर अहिले Qatar मा, तोते बोल्ने छोरि घरमा छोडी काम गर्न बाद्य छ,मलाई जन्मदिने मेरो नेपालको माटो र सारा दुखि, गरिब नेपाली, बिदेसिन बाद्य नेपालीहरुको विचारधारा हो यो। म त केवल माद्यम मात्रै हो त्यसैले यो विचारधारा मेरो होइन, हाम्रो हो र यो नेपालको बिरताको गाथा पनि हो। अब जाउ बास्तबिक सिद्दान्तमा।
बास्तिबिकबाद सिन्दान्तको सुरुवात मान्छेको भोको पेट, नाग्गो सरिर,र खुल्ला आकासबाट सुरु हुन्छ। यिनै भोका पेटहरुलाई टाल्न, नाग्गा सरिरहरुलाई छोप्न र खुल्ला आकाशबाट जोगिन गास, बास र कपासको जोहो गर्दै, जिबनलाई सकेसम्म सुबिदायुक्त बनाउन केहि काम सबै मिलेर र केहि काम आफु खुसि गर्न पाउने र सबै कामको प्रकृति उत्पादकमुखी हुने नकि नाफाको लागि स्वमित्तो हस्तान्तरण मात्र जस्तै जग्गाको खरिद बिक्रि,सेयरको खरिद बिक्रि आदि व्यवस्था सहितको सिद्दान्तनै बास्तबिक सिद्धान्त हो। यस्तो सिद्दान्त आज सम्म न कुनै देसमा छ न कसैले परिकल्पना गर्न सकेको छ। हरेक मान्छेको मन भित्र दुइटा सानो विचार हुन्छ कहिले लाग्छ मिलेर काम गरे बरु राम्रो हुन्थ्यो कि एक्लै गर्दा त सारै दुख्ख पाइयो।अनि जब मिलेर काम गरियो त्यसपछि अनेक बादबिबाद हुन्छ र फेरी अर्को विचार आउछ बरु एक्लै गर्दा राम्रो हुन्थ्यो कि मिलेर गर्दा झमेला मात्रै भयो भन्ने आउछ। हो यो सबैको मन भित्रको बिचारलाई उच्च सम्मान दिदै ति बिचारलाई बास्तबिक रुपमा कार्यान्वन गर्नुनै बास्तबिकबादको सिद्दान्त हो।त्यसैले कुनै काम एक्ला एक्लै कुनै काम सामुहिक र केहि अपरिहार्य काम सरकारबाट गरिनुनै बास्तबिकबादको सिद्दान्त हो। संसारका धेरै बिकसित देसहरु पनि अर्थशास्त्रलाई बुज्न नसकेर अतिनै दुख्ख पाएका छन् त्यसैले हामीले अर्थशास्त्रलाई राम्रोसंग बुजेर काम गरियो भने वर्षमा ६ महिना नेपालमा काम गर्ने र ६ महिना संसारका विभिन्न देसहरु घुम्न निस्किन सकिन्छ। सुन्दा अचम्म लाग्छ तर १००% सकिन्छ किनकि नेपाल साधन, स्रोत परिश्रमी नेपालीहरुले भरिपूर्ण देस हो। तिनै उपलब्द साधन र स्रोतलाई उत्पादकमुखी ठाउमा मात्रै प्रयोग गरेर हामी त्यो लक्ष्य हासिल गर्न सक्छौ।
अछामका ति कलिला बालबालिका, जसले कलिलै उमेरमा भारि बोक्नु पर्यो तिनीहरुलाई पढाउने दायित्व सबै नेपालीहरुको हो त्यसैले सबैप्रकारका सिक्षा जिम्मा सरकारले लिनु पर्दछ। बजांगकि ति बुडी आमाको सल्यक्रिया र बुढेसकालको साहारा सरकार हुनुपर्छ। यो भनिरहदा सरकार भनेको अर्को कोहि धनि सास्था होईन तपाइँ हामि सबैले काम गरेर सरकारलाई तिरेको करबाटनै सरकारले त्यो दायित्व बहन गर्ने हो। त्यसैले शिक्षा रस्वस्थ सबैको पहुचमा हुनु पर्दछ जसले गर्दा गरिबको सन्तति सधै भरि गरिब हुनु पर्ने बाद्यताबाट सधैका लागि उन्मुक्ति मिल्नेछ।
गास, बास र कपास यी तिन चिजमा पनि कोहि विलासिताका कोहि सामान्य किसिमका सामानहरु हुने गर्छन। कसैलाई बिदेसी खाना खान मन लाग्ला रे उसलाई रोक्नु हुदैन उसको त्यो व्यक्तिगत चाहनालाई उच्च सम्मान गर्न सकेनौ भने हाम्रो बास्तबिकबाद केहि समयत चल्ला तर दिर्गकालिनरुपले चल्न सक्दैन। त्यसैले सामान्य गास, बास र कपासका लागि आवस्यक पर्ने कामहरु हरेक जिल्ला जिल्लामा एक एक वटा सहकारी र त्यसकासाखाहरु हरेक वार्डma खोलेर यी कामहरुलाई ब्यबस्थित तरिकाले गरियो भने कुनै नेपालीले गास, बास र कपासको निम्ति दुख्ख झेल्नु पर्दैन।सहकारीको सदस्य उक्त जिल्लाको नागरिकले पाउछ कोहि सदस्य लिन नचाहनेलाई बलजफ्ती गर्नु पर्दैन। अब उक्त जिल्लामा भाडामा दिन चाहने जग्गावालाले सहकारीलाई भाडामा जग्गा दिन सक्ने छ र सहकारीले आधुनिक तरिकाले खेति गर्ने छ अब हरेक जिल्लाका सहकारीले मान्छेका आधारभूत आबस्यक्ताका सामाग्री के के हुन् तिनै सदस्य वा अन्य नेपालीलाई काममा लगाएर उत्पादन गर्छ, बिक्रि बितरण गर्छ। ति सामग्रीहरुमा सामान्य घरहरु पनि पर्दछ जस्तै ४० लाखसम्मको घर यहि सहकारीबाटै बनाउन सकिन्छ। यति गरे पछि भारतबाट तरकारी र अन्य खाद्य सामग्री आउने छैन र ल्याउन जरुरि पनि छैन। कोहि मान्छेले एक्लै एक्लै आफै पनि तरकारी उत्पादन बिक्रि वितरण गर्न पाउछ तर सहकारी माद्यमबाटै गर्दा सबैलाई पुग्ने हुदा त्यो जरुरि पर्दैन। यति भए पछि हरेक नेपालीको गास, बास, कपास, शिक्षा र स्वास्थ्यको सुनिस्चितता भएपछी अरु सबै कुराहरु आफै मिल्दै जान्छ। पहिला पहिला हामीसंग प्रबिधि थिएन त्यसैले सहकारीमा जो जो चतुर छन् तिनैले लुट्नाले सहकारी सफल हुन सकेनन तर अब प्रविधिको प्रयोग गरेर त्यो चुहावोट रोक्न सकिन्छ साथै यो लेखा प्रणालीमा डेबिट र क्रेडिट को प्रयोगले सबैलाई हिसाब बुज्न गारो बनाएको छ त्यसलाई पनि मैले क्रेडिट भनेको बिउ र डेबिट भनेको रुख जसको आसय हामीले ब्यापारमा बिउ रोपेर रुख बनाउनु पर्छ भन्ने हो भनेर लेख लेखिसकेको छु त्यसैलाई लेखाको software मा हालियो भने सबै सदस्यले दिनदिनैको आर्थिक विवरण आफ्नै मोबाईलबाट हेर्न सक्ने हुदा चुहावट रोक्न सकिन्छ यदि सबैमान्छेलाई सहकारीमा चुहावोट छैन भन्ने सत प्रतिसत विश्वास भयो भने मात्रै दिर्घकालसम्म चलाउन सकिन्छ र सबैलाई सस्तो पनि पर्न आउछ। मानौ नारायणघाट बजारमा १०० वटा कपडा पसल छन् ति पसलमा २ जनाको दरले २०० जनाले काम गरेका छन् ति १०० वटा पसललाई एकै ठाउमा पारियो भने 30 जनाले काम गरे पुग्छ १७० जनाले अन्य काम गर्न पाइयो र १०० वटा सटरको भाडा तिर्दा हाम्रो सामानको मूल्य बडी परेको थियो अब सामानपनि सस्तोमा पाईन्छ। यस्तो भद्रगोल भएर गिजलिएको सबै राम्रोसंग मिलाएर काम गर्ने हो भने ६ महिना काम ६ महिना बिदेस घुमाई हुन्छ यहि माथिको उदाहरणमै १७० जना निस्के घरनै पिच्छे सानासाना पसल गरेर बसेका मान्छे धेरै खाली हुन्छन। मान्छेलाई कि काम मिल्छ कि काम छैन भने उसलाई सामान्य जिबनयापानको निम्ति बेरोजगार भत्ता मिल्छ यो गर्न सरकार धनि हुनी गरिब हुनी संग सरोकार होईन यो अर्थसास्त्रको नियम हो।कसैले काम नपाउनु भनेको अबस्था के हो, त्यो भनेको गर्नु पर्ने सबै काममा पहिल्यै अरु कामदारहरुले गरेका छन भनेपछि उसलाई बेरोजगार भत्ता दिदा तिनै अरुले काम गरेर उत्पादन गरेका सामान किन्ने त होनी । जस्तै अहिले नेपाल सरकारले बेरोजगार भत्ता दियो भने बस्तुको माग बड्छ, बस्तुको मागबडेपछि उत्पादन बडाउन पर्छ उत्पादन बडाउदा फेरी तिनै बेरोजगारले काम पाउछन त्यसैले मैले भनेको कि काम हुन्छ कि बेरोजगार भत्ता हुन्। बिकसित देसहरुले यही नियम बुजेर बेरोजगार भत्ताको ब्यबस्था गरेका हुन् । नेपालमा त धेरै कुरा उत्पादन हुदैन त्यसैले बेरोजगार भत्ता बाड्दा बिदेसी सामानको आयात बढ्छ जसले गर्दा मूल्य बृदि हुन्छ तर हामी सहकारी मोडेलबाट गएपछि यो समस्या हट्छ हाम्रो आधारभूत आबस्यक्ताका सबै सामान देस भित्रै उत्पादन हुदा धेरै कुराहरु आपसेआप राम्रो हुदै जान्छ। देस भित्रै आधारभूत आबस्यकतका सामान उत्पादन हुदै गए पछि, हाम्रो आयातनिकै घट्न जान्छ जसका कारण हाम्रो केन्द्रिय बैंकमा बिदेसी मुद्राको संचिति बढ्दै जाने हुन्छ त्यसपछि हामीलाई कुनै बिदेसीदाता र देससंग ऋण र अनुदानको आबस्यकता पर्ने छैन।
मैले यो हाम्रो नेपाली बास्ताबिकबादको सिद्धान्तमा पुजिबाद्को राम्रो पक्ष्य जुन व्यक्तिको स्वतन्त्रता र नविनतम खोज गर्न पाउने अधिकार लाई पनि उच्च स्थान दिएको छु, कमुनिज़मको विचारधारा अनुसार हरेक व्यक्तिलाई समान अवसर र मौका पाउनु पर्छ भन्ने मूल नारालाई पनि उच्च स्थानमा राखेको छु र समाजवादको सबैले कुनै कुनै कुरामा मिलेर जानु पर्छ भन्ने भावनालाई पनि उच्च स्थान दिएको छु। त्यसैले यो बिचारधारा ससारकै नविनतम एबम ब्यहबरिक छ।
आधारभुत गास, बास र कापसमा सहकारी मोडेलबाट जान मानिसहरु उत्प्रेरित गर्ने तर बाद्यकारी नबनाउने, शिक्षा र स्वास्थ सरकारको मातहतबाट जाने र अन्य विलासिताका समान जस्तै कार, महंगा घर आदि कसैले एक्लै गर्न पनि सक्छ कसैले साझेदारी ब्यबसाय तथा कोहि कम्पनी मोडेलबाट पनि जान सक्छ तर हामीले कम्पनी मोडेलको सेयर खुल्ला बजारबाट बिक्रि हुने प्रक्रियालाइ पनि हटाउनु पर्दछ यो संसारकै ठुलो क्यासिनो हो धेरै मान्छेहरु यसबाट घरबारबिहिन भएका छन , कसरि हटाउन सकिन्छ मैले पहिलेका लेखहरुमा लेखेको छु। फेरी लाग्न सक्छ सबै हटाउदा सरकारको कर घट्छ भनेर आत्तिनु पर्दैन म करनै पढेको मान्छेले हजार पटक करको असर बारे विचार पुराएको छु। र अर्को कुरा नेपाल सरकार तत्काल्यै नेपालभरिका व्यक्तिगत स्कुल र क्याम्पस आफ्नो मातहतमा ल्याउन सक्छ किनकि हरेक स्कुल र क्याम्पसको बैंकमा धेरै लोन छ त्यो लोन सारकारले आफुलाई सारेर ति स्कूल र क्याम्पसका मालिकलाई दिनुपर्ने पैसा बिस्तारै फेरी बैंकबाटै लोन लिएर तिर्दै जान सक्छ भएको लोन सारे पछि तिर्नु पर्ने तेस्तो धेरै पैसा हुदैन किनकि मैले धेरै काठमान्डूका सस्थाहरुको लेखा हेरेको छु। अब ति मालिकहरुलाई नया विलासिताका सामानहरु उत्पादन गर्ने कम्पनि खोल्न प्रोत्सान गर्नु पर्दछ देसले नै एउटा नया तरिकाले जाने भनेपछि उहाहरुबाट अबरोध हुदैन होला जस्तो लाग्छ आबरोधनै गरेछन भने बिस्तारै बिद्ध्यार्थीलाईनै ति स्कुल र क्याम्पस छोड्न प्रोत्सान गर्न सकिन्छ। त्यसको केहि वर्षमा सबै अस्पतालपनि त्यहि तरिकाले सरकारले लिन सक्छ। यसmaa दुबिदा हुनु पर्ने केहि छैन अहिले ति स्कुल, क्याम्पस, अस्पताल कसको पैसाले चलेका हुन् र त्यहि बैंकको पैसा होईन त्यो पैसा सबै जनताको होइन र त्यहि जनताले बैंकम राखेको पैसा लिएर उनीहरुले खोले अब त्यो सबै बैंक लोन सरकारले लिन्छ अनि सबै सस्था पनि लिन्छ। यो त भयो अब सरकारले त्यत्रो तलब कसरि दिन सक्ला भन्ने प्रस्न स्वभाबिकनै हो तर जब सहकारी मोडेलबाट सबै सामान घर उत्पादन हुन्छ तब कर पनि बडी उढ्छ, जब मान्छेले शिक्षा र स्वास्थमा खर्च गर्नु पर्ने बाद्यता हट्छ तब अरु सामान खरिद गर्छ त्यसैले कर पहिले भन्दा धेरै उड्छ। करको बारेमा चिन्तित हुन पर्दैन सरकारलाई कर बडी उठाउन परे अनेक बिकल्प हुन्छन।
जब हामि सहकारी मोडेलबाट गइन्छ तब हरेक सामान अहिले भन्दा निकै सस्तोमा उपलब्ध हुन्छ किनकि हाम्रो लागतनै कम पर्छ। जस्तै १०० वटा गाई एक्ला एक्लै पाल्नु र १०० वटा गाई एकै ठाउँमा पाल्दा कति खर्च कम होला आफै सोच्नोस, यस्ता धेरै कुराहरुलाई ब्यबस्थित तरिकाले मिलाउदै जादा निकै थोरै काम गरेर धेरै सुबिधा लिन सकिन्छ। यसो संसारलाई हेर्दा संसार कता हो कता अलमलिएको छ अमेरिकामा १% कामदारले कृषिमा काम gaर्छन तर ७०% कामदारले के के हो के के मा काम गरेर अलमलिएका छन् तिनीहरुलाई राम्रोसंग मिलाउने हो भने ३५% मात्रै काम गरे पुग्छ यो सबै अर्थसास्त्रलाई राम्रोसंग नबुज्नुको परिणाम हो। तर हामी नअल्मलिकिन काम गरियो भने निकै छोटो समयमा हामीले ठुलो फड्को मार्न सक्छौ। अर्को बुज्नु पर्ने कुरा के छ यदि सहकारीले बडी मूल्य राखेर सामान बेचेछ भनेपनि सहकारीको नाफा फेरी तिनै सदस्यहरुलाई जाने हुदा त्यतापट्टिको पिर पनि मान्नु पर्दैन।त्यसैले हामीले सहकारी मोडेलबाट जानुनै उपुक्त हुनेछ नेपाललाई गरिब भनेर जातिबित्ति जताततै हेपेका छन् यिनलाई आफ्नै देसमा ६ महिना काम गरेर यिनका देसका महंगा होटेलमा सारा नेपालीहरु आएर ६ महिना बसेको हेर्न ठुलो रहर छ।
पुजिबादको एउटा ठुलो भ्रम प्रतिस्पर्दाले गर्दा मूल्य कम हुन्छ भन्ने मान्यता छ तर त्यो सरासर १००% गलत छ त्यहि कुरा माथिको गाई पालन र कपडा पसलको उदाहरणबाट प्रस्टै हुन्छ। कुनै एउटा एकलौटी व्यवसायले आफुखुसि मूल्य राख्दा सामान महँगोमा बेचेर नाफा धेरै राखी ग्राहकलाई मर्का पर्ने हुन्थ्यो तर जब सहकारी मोडेलमा गईन्छ तब नाफा बडी राखे बोनस धेरै पाईन्छ नाफा कम राखे सामान सस्तोमा पाइन्छ त्यसैले हरेक तबरले यो मोडेल उत्क्रिस्ट मोडेल हुन्छ। संसारमा अहिले सबैभन्दा ठुलो समस्या भनेको असमानता हो, तर यो मोडेलमा गए पछि यो समस्या सधैका लागि निराकरण हुनेछ।
नेपालको हालको समस्या भनेको रेमिटान्स आउछ, भारत र चिनबाट सामान किन्यो खायो अनि पैसा त्यतै गयो, नेपालमा कसैले बनाई हालेछ भने पनि प्रतिस्पर्दा गर्न नसकी बन्द गर्नु पर्छ किन यस्तो अबस्थामा पुगियो त निकै गहन अध्यायन गरेर केहि निस्कर्ष निकालेको छु पढ्नुहोस। डब्लु टी व को अबधारणा अनुसार कुनै पनि सामान जहाँ उत्पादन गर्दा सस्तो पर्छ त्यहा उत्पादन गर्ने र हरेक देसमा निकैनै कम भन्सार दरमा सामान आयात निर्यात गर्न पाउने नियम बनायो। यो नियम सरसर्ती हेर्दा सारै राम्रो अबधारणाबाट बनेको हो किनकि पहिले पहिले देसमा खान नपाएर जनता मरिरहेका हुन्थे तर आयात गर्दा ल्याउदा देसमा भएको बिदेसी मुद्रा तथा सुन चादी घट्छ त्यसैले आयात गर्नु हुन्न भन्ने मान्यताबाट आयातमा निकैनै चर्को भन्सार दर कायम हुने गर्थ्यो त्यसले गर्दा एउटा देसमा सामान बडी भएर फाल्नु पर्ने तर अर्को देसमा खान नपाई मर्नु पर्ने अबस्था थियो त्यहि समस्यालाई निराकरण गर्न डब्लु टी व ले कम भन्सार दरको अबधाराणा ल्यायो। जुन अबधारणा साधन र स्रोत नभएको देसलाई राम्रो गर्यो तर हाम्रो जस्तो साधन र स्रोतले भरिपूर्ण भएको देसलाई यस नियमले हानि पुरायो। यदी यो नियम लागु नगरेको भए भन्सार दर उच्च गरेर भारतबाट आउने सामानलाई रोक्न सकिन्थ्यो।तथापी जतिपनि हाम्रा कृसी लोन छन् त्यसलाई ब्याज फ्री गरेर पनि हाम्रा उत्पादनलाई उपयोग गर्न सकिन्छ जस्तै कृषिमा ५० अरब लोन फ्री मा दिईयो भने त्यसको ब्याज १० प्रतिसतले ५ अरब हुन आउछ यो सरकारले तिर्ने हो भने ५० अरब लागनी गरेर १ वर्षमा दुइ सिजन तरकारी खेति गर्दा भारतबाटल्याउनु पर्ने थिएन र हाम्रो अरबौ तरकारीमा जाने पैसा जोगिने थियो। सरकारले ५ अरब ब्याज बापतको रकम तिर्दा त्यो पैसा आफ्नै जनताले पाउने हुन् र त्यहि कारणले गर्दा हाम्रो बिदिसी मुद्राको संचिति पनि बढ्ने थियो जसले बिदिसी लोन र अनुदान लिन पर्ने थिएन। देसमा भित्रिएको मुद्रालाई अलिकति बुद्दि पुराएर जोगाइयो भने त्यो मुद्रा अरु जुन हाम्रो देसमा उत्पादन गर्न सम्भव छैन त्यो किन्न प्रयोग गर्न सकिन्थ्यो। त्यसैले यस बिसयमा ध्यान पुराउनको लागि मेरो सरकारलाई आग्रह गर्दछु।
यसै बिसयलाई उदाहरणबाट थप प्रस्ट पार्न चाहन्छु। मानौ नेपालमा एउटा पलंग बनाउन ५०००० पर्छ तर त्यही पलंग चिनबाट ल्याउदा ४५००० पर्छ भने के गर्दा ठिक होला सरसर्ती हेर्दा चिनबाट किन्नुनै ठिक जस्तो लाग्छ तर यो सरासर गलत हुन्छ किनकि चिनबाट ल्याउदा हाम्रो बिदिसी मुद्रा बाहिर जान्छ। यदि यो पलंग नेपालमै बनाईयो भने नेपाली काठ प्रयोग हुन्छ जुन नेपालको जंगलमा जति पनि प्रयोग बिना बसेको छ र ज्यालाबापत पाउने रकम पनि नेपालीलेनै पाउने हो यदि त्यो नबनाएको भए त त्यो कामदार बेरोजगार हुने थियो। यो अबस्थामा नेपाललाई कुल ४५००० नै फाइदा भएको अबस्था हो। यस्तो अबस्थामा नेपालमा बनाउदा फाइदा हुन्छकी चिनबाट किन्दा फाइदा हुन्छ भन्ने तुलना गरेर निर्णय लिनु गलत हुन जान्छ।
त्यसैले ब्यापार नीति बनाउदानै आफ्नो देसमा उत्पादन हुन सम्भब भएकोलाई प्रोत्सान गर्ने किसिमले बनाउनु पर्दछ जसले गर्दा जनताले काम पाउने र देसले बिदिसी मुद्रा बचत गर्न सक्दछ। कोहि बिदेसी नेपाल घुम्न आउने उसैको चाहनाले हो कुनै बुकिङ्ग वेब साईडले गर्दा होईन त्यसैले नेपालका सबै होटेलको बूकिंग साइट आफ्नै देसको एकमात्र नेपाल होटेल बुकिङ्ग साईड भनेर खोल्दा हुन्छ बेकारमा बिदेसी वेबसाईडले ठुलो रकम कमिसन बापत लगे जुन सानो प्रयासले रोक्न सकिन्छ। यस्तै सानासाना कुराले धेरै बिदेसी मुद्रा बचत गर्न सकिन्छ र देसमा रोजगार सिर्जना गर्न सकिन्छ जसले गर्दा नेपाली बिदेसिनु पर्दैन र देसले अरु देससंग बिदेसी मुद्रा लोन र अनुदान लिनु पर्दैन। फेरी अर्को कुरा सरकारले जनताबाट कर उठेपछि आफुसंग संचित गरेर राख्ने होईन तत्काल खर्च गर्नु पर्छ। सरकारले केहि न केहि काम गरेर त्यो पैसा जनतामा पुग्छ फेरी जनताले आफ्नो सुबिद्दाको लागि खर्च गरेर केहिपैसा फेरी कर बापत सरकारसंगनै पुग्छ त्यसैले सरकारले छिटो छिटो खर्च गर्नु पर्छ तर नेपालमा आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने परम्परा छ जसले गर्दा पनि हामी मारमा परेका छौ। सरकारसंग सुरुमा पैसा छैन भने पनि केन्द्रीय बैंकसंग लोन लिएर भएपनि सुरुबाटै खर्च गर्दै जानु पर्छ। सबै तिर बिकास हुन पैसाको चलायमान उत्पादनमुखी कार्य हुदै छिटो छिटो हुनु पर्दछ बल्ल धेरै कुरा बन्दै जान्छ।
बास्तबिकवादको सिद्दान्तमा विलासिताका बस्तुको उत्पादन र बितरण एक्ला एक्लै गर्ने तर आधारभूत आब्स्यकताका बस्तुहरु मिलेर उत्पादन र बितरण गर्ने साथै हरेक कार्य उत्पादनमुखी हुने। यसलाई थप उदाहरणबाट प्रस्ट पार्छु। मानौ नेपालमा तिन जना मानिस छन् राम, हरि र स्याम तिनीहरु मद्य रामसंग २०० रुपिया छ र हरिसंग १०० रुपिया र जग्गा छ। अब रामले हरिसंग रुपिया १०० मा जग्गा किन्छ ५ रुपिया कर तिर्छ फेरी अर्को दिन हरिले१०५ मा त्यहि जग्गा किन्छ र ५ कर तिर्छ। अब सरकारले जम्मा भएको १० रुपिया कर स्यामलाई दिएर बाटो बनाउछ तर त्यो स्यामाले पाएको तलबले बजारमा केहि सामान किन्न पाउदैन किनकि सरकारले करनै अनुत्पादक ठाउबाट उठाएकोले यस्तो अबस्था आएको हो। यो त एउटा सानो जग्गाको उदाहरण मात्रै दिएको यस्ता लाखौ अनुत्पादक कामहरुमा मानिस फसेको हुदा मानिसले काम गरेर पनि आफुलाई चाहिने सामाग्री किन्न नसकेको हो रकिने पनि निकै महँगो पर्न गएको हो। नेपालमा एउटा सामान्य क्याम्पसले १ वर्षमा 20 लाख जतिको प्रचारप्रसार गर्छन त्यो पैसा बिद्द्यार्थीबाटै लिनेहुन् त्यसले गर्दा क्याम्पसको फी महँगो भयो त्यस्ता सबै प्रकारका प्रचारप्रसार एउटा प्रचारप्रसार मोबाइल एप बनाएर सबैले आफ्नो प्रचारप्रसार त्यसैमा दिने गर्दा धेरै मानिसलाइ फी सस्तो पर्न जान्छ। जतिपनि प्रचारप्रसारमा संलग्न मानिसहरु छन् उनीहरुलाई उत्पादनमुखी काममा लगाउन सकिन्छ जसले गर्दा बजारमा प्रसस्त सामानहरु पाइन्छ। यहाँ बुस्नोस केहि मान्छे उत्पादनमुखी काममा र अरु मान्छे अनउत्पादनमुखी काममा लाग्दा बजारमा थोरै सामान हुन्छन भनेको तिनीहरुले कमाएको पैसाले थोरै सामान किन्न सक्छन भनेको हो। यदि सबै मानिस उत्पादनमुखी काममा लागियो भने बजारमा धेरै सामान उपलब्ध हुन्छ भन्नुको मतलब उनीहरुले पहिले जत्तिनै काम गरेर धेरै सामान किन्न सक्छन भनेको हो। यो हेर्दा सामान्य लाग्ने कुरा अहिलेसम्म कुनै अर्थसास्त्रिले बुज्न सकेको छैनन बुजेको भए मान्छेहरु संसारभरि यति धेरै अनउत्पादन क्षेत्रमा काम गरेर गरिबीमा पिल्सिनु पर्थेन। यो कुरालाई राम्रोसंग मनन गरेर सबै अनउत्पादन क्षेत्रका काम कटौति गरिदै गइयो भने अरु देसका मानिस त्यस्तै काम रुमलिएर काम गरेको गरेइ हुन्छन तर नेपालीले ६ महिना काम गरेर ६ महिना बिस्व भ्रमणमा निस्केको देख्दा हाम्रो चमत्कारिक अर्थसास्त्रको मोडेल हेर्न बिस्वका धेरै मानिस आउने छन् तिनैle तिरेको पैसाबाट फेरी हामी पनि घुम्न जान सक्नेछौ।
२५ बर्समा सबै कमर्सियल बैंक हटाएर सबै कारोबार केन्द्रिय बैंकको सफ़्ट्वरेबाट गर्न सकिन्छ र सबै लोन बिना ब्याज लगानी गर्न सकिन्छ। यहाँ सबैलाई लाग्ला यसले त सबैलाई बेरोजगार बनाउने भयो भनेर राम्रोसंग बुज्नोस हामीलाई जागिर चाहिएको हैन हामीलाई हाम्रो जिबन सहज गराउनकोलागि आबस्यक सामान र सेवा चाहिएको हो त्यसैले सोच्नोस हामीलाई चाहिएको सबै सामान र सुबिधा यदि मेसिन, रोबोट र सफ़्ट्वरेले गरेर प्राप्त हुन्छ भने किन मान्छेले काम गर्नु मान्छे घुम्न जानुनी। मान्छे के काममै मात्र गर्नको लागि जन्मेको होर होईननि त्यसैले सम्भब भए सम्म मेसिन रोबोट र software बाट काम गर्ने जति काम मान्छेले गर्ने पर्ने हुन्छ त्यति मात्रै गर्ने यत्ति सामान्य कुरा पनि ठुला ठुला अर्थसास्त्रीहरुले नबुजेर रोजगार बढाउने नाममा संसारनै गिथलगाथाल पारे यो कुरा मैले संसारका धेरै देसका प्रमुख र बिस्व बिध्ध्यालयहरुमा मेल गर्दिएको छु अहिले सम्म दुइवटा देसबाट राम्रो कन्सेप्ट धन्यबाद भने अरुले बुझेकी नाई मलाई जानकारी भएन। अर्थसास्त्र धेरैनै गिजलिएको बिसय हो त्यसैले कुनै एउटा व्यक्तिले सानो टपिक लिएर Oxford बाटै पी एच डि गर्दैमा पुरा अर्थशास्त्र बुज्ने क्षमता राख्दैन त्यसैको परिणाम स्वरूप यस्तो भद्रगोल बनेको अबस्था हो। हाम्रै देस नेपालमा हेर्नोस कति पी एच डि गरेकाले सासka र कर्मचारी भएर काम गरे तर सबै अलमलिए हामि सबैलाई लाग्न सक्छ्की यो सबै राजनीतिक खिचातानीले भएको हो भनेर त्यो मात्रै कारण होईन मान्छेले जे जे भएपनि केहि न केहि काम त गरेको छ तर अबस्था उस्तै छ किनकि राम्रो अर्थसास्त्र बुजेको मान्छेले सबै मान्छेका कामलाई उत्पादनमुखी कामतिर लान नसक्नाको कारणले यस्तो अबस्था भएको हो। मेरो कुरामा विश्वास नलागे सोध्नोस्कोहि अर्थसास्त्रमा पी एच डि गरेकोलाई।
त्यसैले हाम्रो मूल मन्त्रनै उत्पादनमुखी काम मात्र गर्ने भनेर गरियो भने अबको २५ वर्षपछि नेपाललाई चाहिने सबै आधारभूत आबस्यकताका बस्तुहरु बनाई सकिन्छ र त्यसपछिका दिनहरुमा हामीले काम बाडेर पालै पालो गरेर ६,६ महिना मात्र काम गरेर पुग्छ।
त्यसैले यो बास्तबिकबादनै सबै बाद को माउ बाद हो हामि यसैबाट जादा गन्तब्यमा छिटो पुगिन्छ होला। लेखमा कतै मेरो घमण्डको छाया पाउनु भयोभने माफ गर्नु होला त्यो मेरो पीडाको आक्रोस हो तर संसारका अर्थसास्त्रीहरुलाई मेरो खुल्ला चुनौती छ मानबजातिको लागि यो भन्दा उत्तम आर्थिकमोडेल ल्याएर मसंग टेबलमा कुरा गर्न आए हुन्छ। मैले यो मोडेल तयार गर्दा हरेक कुना कुनामा यसले पार्ने प्रभाबलाई मिहिन तरिकाले बिस्लेसणगरेको छु। लेखा, कर र अर्थसास्त्र तिनै क्षेत्रको राम्रो अनुभब भएकोलेनै मलाई यो बास्तबिकबाद प्रतिपादन गर्न निकै सजिलो भएको हो।
हरेक संसार हल्लाउने बिचारको जन्म चरम पिडाबाटनै हुने गर्छ, गीताको जन्म अर्जुनको पिडाले निस्किएको हो। रामायड्को जन्म राम र लक्ष्मणको बनबासको पिडाले निस्केको हो, बुद्दको दर्सन बुद्दको मनको पिडाले निस्किएको हो मर्क्सिस्मको विचारधारा कार्ल मार्क्सको गरिबीको पिडाले निस्किएको हो त्यसैले यो बास्तबिकवादको विचारधारा नेपालीको अतिनै पिडाबाट निस्किएको हो अब संसारलाई यहि नेपाली बास्तबिकवादको बिचारले चलाउने छ हस्त बिदा। सबैको कल्याण होस् , जय पशुपतिनाथ,जय नेपाल, जय नेपाली, जय मानबजाति, जय सम्पुर्ण प्राणीजाति,जयसंसार।
Ramro chha
ReplyDelete