नेपालले २५ वर्षमा पहिलो ब्याज फ्री देस घोसणा गरेर संसारलाई बाटो देखाउन सक्छ।

  कुनै पनि चिज उत्पादन गर्नु भन्दा पहिले उक्त चिज उत्पादन गर्दा चाहिने साधनहरुको बारेमा राम्रोसंग  बुज्नु पर्द्छ। ति उत्पादनका साधनहरु के के होला त यसो आफै बिचार गरे पनि थाहा हुन्छ जस्तै जग्गा, कामदार, पुजी, लगानीकर्ता यिनिहरुनै कुनैपनि चिज उत्पादन गर्दा चाहिने साधानहरु  हुन् । जब यी सबै साधनहरु  प्रयोग भएर कुनै चिज उत्पादन हुन्छ त्यसपछि त्यो चिजको बिक्रिबाट आएको आम्दानी सबैमा वितरण हुन्छ। जग्गावालले भाडा लिन्छ, कामदारले तलब लिन्छ, लगानीकर्ताले नाफा लिन्छ, पुजीले ब्याज पाउछ। सबैले पढ्दै आएको यो नै हो र  अहिलेसम्म यो नै बास्तबिक व्यवहारमा पनि चल्दै आएको छ। तर अबको युगमा यो परिबर्तन गर्न सम्भव छ किनकि हामी संग आधुनिक सफ्टवयर छ जसको मद्दतले पुजी बिना ब्याज उपलब्ध गराउन सकिन्छ। पुजीमा ब्याजको कारणले गर्दा हामीले अनुत्पादक क्षेत्रमा बडी काम गर्नु पर्यो त्यसैले गर्दा कुनै पनि बस्तुको मूल्य बडी पर्न गयो। यदि मैले मेरो घर बनाउन बैंकबाट ५० लाख रुपिया १२% ब्याजको दरमा २० वर्षको लागि लॉन लिए भने मैले बैंकलाई मासिक किस्ता बापत ५५०५४ तिर्नु पर्छ यदि मैले ५० लाख रुपिया बिना ब्याज पाए भने मासिक २०८३३ मात्र तिरे पुग्छ अब सोच्नोस यो ब्याजको कारणले हामि कति मारमा परेका रहेछौ, कति अवसरबाट बन्चित हुनुपरेको छ ५० लाख लिएर २०८३३ किस्ता तिरे हुने हो भने अहिले नेपालमा धेरै मान्छेको एउटा एउटा घर बनिसकेको हुन्थ्यो। त्यसैले मैले यो ब्याजलाई सदाकालागि हटाउनको निम्ति निकै कोसिस गरे तर निकै हम्मे हम्मे पर्यो।  यता मिलाउदा उता बिग्रिने उता मिलाउदा यता बिग्रिने भयो तर हरेस मानिन थप बुज्दै गए र  जब मैले जे सोचेर ब्याज हटाउन पर्छ भन्ने सोच बनाएको थिए   त्यहि कुरा ठ्याक्कै Aristotle पनि भनेको देख्दा मलाई अझै थप उर्जा मिल्यो र सोचे Aristotle को समयमा ब्याज हटाउन सम्भव थिएन तर अहिले छ। त्यसैले सोचे हटाउन सकिन्छ र नेपाललाई  संसारमै पहिलो ब्याज मुक्त देस बनाउन सकिन्छ। 


यो भनि रहदा अर्थसास्त्रिहरुले यो हुनै सक्दैन भन्ने तर्क राख्छन किन भने तिनीहरुले त्यहि पढे, त्यहि ब्यबहारमा लागु छ त्यसैले बिना ब्याज पनि संसारमा कारोबार हुन सक्ला र भन्ने सोच्नु स्वभाबिकनै हो। तर सम्भब छ त्यो सम्भबको उपाए जान्नु अगाडी ब्याज भनेको के हो कसरि रेट तय हुन्छ किन घट्छ किन बढ्छ आदि पहिले बुज्न जरुरि हुन्छ। पैसाको उत्पति पहिले ब्याजको चलन थिएन होला जब पैसाको चलन सुरु भयो तब बिस्तारै ब्याजको चलन सुरु भएको मान्न सकिन्छ। जस्तै कुनै एकजना व्यक्तिलाई मकैको बिउ किन्न पर्यो तर पैसा भएन उसले आफ्नो साथीसंग बिउ किन्नको लागि पैसा सापटी लिन्छ र मकै लगाउछ त्यसको ६ महिना पछि मैकै बेचेर उसले धेरै पैसा आम्दानी गर्छ त्यो देखेर उसको पैसा दिएको साथीलाई अलिकति लोभ लागेर आउछ र भन्छ ओए तैले मेरै पैसाले बिउ किनेर तैले त्यत्रो पैसा पारिस मलाई पनि अलिकति थपेर देनत भन्छ र अझै भन्छ तलाई मैले नदिएको भए मैले पनि मकैको बिउ किनेर लगाउथे आज मैले पनि कमाउन सक्थे तर मैले तलाइ दिएर मैले कमाउन पाइन् भन्छ। कुरा एकदमै ठिक छ त्यसैले उसले साथीलाई पहिले लिएको भन्दा केहि पैसा थपेर दिन्छ त्यहि थपेर दिएको पैसानै ब्याज हो र आजसम्म पनि त्यहि चलन छ। त्यसपछि कमर्सियल बैंकहरुको स्थापना भैसके पछि त ब्याजको ब्यापक रुपमा प्रयोग हुदै आयो।  


ब्याजको कारणले हरेक सामग्रीको  मूल्य बृदि हुदै गयो, बिना ब्याज बैंकले काम गर्न सक्दैन बिना बैंक पैसा जम्मा हुदैन। ब्याजकै लोभमा मान्छेले बैंकमा पैसा जम्मा गर्ने हुन् र त्यहि पैसा ब्यापारमा लगानी हुने हो र चाहिएको चिज उत्पादन हुने हो। जसले बैंकबाट लोन लगेर उत्पादन गर्छ उसले नाफा धेरै गर्ने भयो अनि अरु कामदारहरुलाई थोरै तलब दिने भयो।   जसले गर्दा समाजमा धनि र गरिबको उत्पति भयो जब धनि र गरिबको उत्पति भयो धनिले गरिबलाई सधै तल पारेर काम गराउने तर थोरै तलब दिएर लगाउने भयो। यो पैसाको  समस्या सल्टाउन नसकेर वाक परेरनै  कार्ल Marx ले बिना पैसाको समाज कल्पना गरेका हुन् बिना पैसाको समाज सुरुमा थियो र सम्भब पनि थियो  तर अब पैसा बिना समाज चल्दै चल्दैन, मात्र पैसाका रुप परिबर्तन हुदै आएको छ।  अब कागजको पैसा ५० वर्ष भित्रमा संसारबाट हटिसक्ने छ तर Digital पैसा भने रहिरहने छ। त्यसैले हामीले पैसाको आबस्यकतालाई हटाउन सक्दैनौ तर यसको ब्याजलाई चाही हटाउन सकिन्छ। 


अचम्म लाग्छ मलाई अर्थासास्त्रीहरुको  उल्टो  तर्क सुनेर, भन्छन हरेक सामानको मूल्य बृदि हुन्छ त्यसैले  त्यो बृदिलाई मिलान गर्न पुजिमा ब्याज हुनै पर्छ किताबमा कुन चाहिले पहिला त्यहि लेखि दियो अर्कोले त्यहि पढेर सार्यो त्यस पछि सबैले हो हो भन्न लागे आखिरमा संसार भरि त्यहि मान्नेता स्थापित हुन पुग्यो तर त्यो कदापि हुदै होइन।  त्यहि लेखेको छ त्यहि पढे त्यहिनै हो भने तर यो पुरै उल्टो तर्क हो, किनकि ब्याजको कारणले मूल्य बृदि भएको हो यदि ब्याज नहुने हो भने १ वर्ष पहिले जत्तिमा सामान किन्न पाइन्थ्यो यो वर्ष पनि उत्तिनै मूल्यमा किन्न सकिन्थ्यो।  यदि ब्याज नहुने हो भने कुन चाही अदृस्य सक्तिले बस्तुको मूल्य बडाउछ र। फ्री बजारमा व्यापारीले बडी नाफा कमाउने हेतुले मूल्य बढाउनु त्यो बेग्लै कुरा भयो तर ब्याजको कारणले हुने मूल्य बृदि सदाका लागि हटाउन सकिन्छ। जब ब्याजको कारणले भएको मूल्य बृदि रोकिन्छ तब १ वर्ष अघि १०० ले जति सामान किन्न सकिन्थ्यो त्यति अहिले पनि किन्न सकिन्छ। त्यसैले मूल्य बृदिको मूल कारण ब्याज हो यसलाई हटाउननै उपयुक्त हुन्छ। 


ब्याजको दर बजारमा पुजीको माग र पुर्तिले गरेको हुन्छ जस्तै बैंकमा पैसाको मात्र घटेको छ भने ब्याज बढाउनु पर्छ किनकि ब्याज बढ्यो बैंकमा पैसा राखौ भन्नछन्। यदि बैंकमा पैसा बडी भयो भने ब्याज घट्छ अनि ब्यापारीले लौ ब्याज घटेछ लोन लिएर लगानी गरौ भन्न थाल्छन यसरीनै ब्याजको दर बजारको माग र पुर्तिले निर्धारण गरेको हुन्छ। 


मौद्रिक नीतिमा पनि ब्याजको दरले महत्तोपुर्ण काम गरेको हुन्छ।  जब मानीससंग धेरै पैसा हुन्छ सामानको माग बढेर मूल्य बृदि हुन जान्छ त्यस्तो समयमा बैंकले बजारको पैसा बैंकमा तान्ने हेतुले पनि ब्याजको दर बडाएको हुन्छ। मलाइ समस्या परेको पनि  यहि कुरा मिलाउन हो। तर यो  अबस्थामा छोटो अबदिको लागि ऋणपत्र जारि गरेर पनि बडी पैसा तान्न सकिन्छ त्यस अबस्थामा तिर्ने ब्याजलाई बैंकले सरकारसंग मागेर तिर्न सक्दछ। 


अब लागौ ब्याज फ्री अभियानमा, बिस्तारै हामि कागजी पैसालाई कम प्रयोग गर्दै डीजिटल पैसाको प्रयोगमा जोड दिदै जानु पर्छ आगामी १५ वर्षसम्म नेपालका सबै साना साना पसल सम्म डिजिटल भुक्तानीको व्यवस्था मिलाउनु पर्दछ।  त्यसपछिको १० बर्समा नेपालको सबै कारोबार डिजिटल माद्यम बाट गर्न सकिन्छ जब सबै कारोबार डिजिटल माद्यमबाट हुन सम्भब हुन्छ तब कमर्सियल बैंकको काम हुदैन सबै पैसाको काम सिधै केन्द्रिय बैंकबाटै गर्न सकिन्छ जब एउटा सफ़्टव्येरले पुरै कारोबार संचालन गर्न सकिन्छ तब ब्याज लिन दिन केहि परेन।  त्यस पछि ब्याज सदाका लागि हटाउन सकिन्छ र ब्याजका करणले हुने मूल्य बृदि पनि रोकिन्छ। फेरी मान्छेहरुलाई यहा लाग्न सक्छ ब्याज नभएपछि पुजी पलाएन हुन्छ भनेर यो बेतुकको तर्क हो पैसा कोहि एक व्यक्तिको धेरै हुने होइन पैसा सबैको अलि अलि भएर बैंकमा धेरै हुने हो कसैले नेपालमा बैंकले ब्याज दिन्न भनेर पैसा अरु देसमा लानु पर्दैन किनकि उसैलाई पनि केहि गर्न परे ब्याज फ्रीमा पैसा पाईन्छ भने किन टाउको दुखाउनु। यो तर्क बैंकको सी ई यो लाई तलब घटाइयो भने पलायन हुन्छन भन्नु जस्तै हो, एउटाले पैसा जम्मा गरेको छ त्यहि पैसा अर्कोले लागेको छ कति ब्याज दिने कति लिने र कुन क्षेत्रमा कति प्रतिसत लगानी गर्न पाउने सबै नियम भित्र बसेर भनेको काम गर्नु छ के चाहि त्यस्तो खुबीको काम हुन्छ र त्यहाँ तिनीहरुलाइ तेत्त्रो तलब दिएर सारा जनतालाई ब्याजको भारि बोकाउने तिनिजस्ता पलायन भए म जस्तै टोइलेट सफा गर्ने काम दिन्छन बिदेसम।  त्यसैले ब्याज हटाए पुजी पलाएन हुन्छ भन्नु बेतुकको तर्क हो। फेरी धरै बुज्रुक हरुलाई लाग्न सक्छ त्यत्रो बैंकका कर्मचारी बेरोजगार हुने भए भनेर डर लाग्ला।  कृपया रोजगार के हो भन्ने बारेमा राम्रो संग लेखेको छु मेरो अर्को लेख संसार कसरि राम्रो बनाउन सकिन्छ भन्नेमा छ हेर्नु होला। अनआबस्यक ठाउमा रोजगारनै बडाउन परेको हो भने मा लाखौ रोजगार सिर्जना गर्दिन्छु। एउटा नियम भोलि देखि सबै सरकारी र निजि सबै कर्मचारीहरुले प्रत्यक महिना पुरै हेअल्थ जचाउनु पर्छ र प्रमाणपत्र साथमा लिएर हिन्नु पर्छ त्यो बापत को सुल्क कम्पनिले नै तिर्नु पर्छ भन्यो भने कति रोजगार सिर्जना होला तर के हुन्छ त कम्पनीले Sara  बस्तुको मूल्य बृदि गर्छ हो त्यस्तै यो बैंकको ब्याजको कारणले सारा मान्छेको जिबन गाह्रो भयो त्यसैले यसलाई हटाउन पर्छ। 

नेपाल सरकारले यो काम गरेर संसारलाइ नया बाटो देखाउन सक्छ। 


नेपालले २५ वर्षमा पहिलो ब्याज फ्री देस घोसणा गरेर संसारलाई बाटो देखाउन सक्छ। 

Comments