बिकासको लागि पैसा होइन बुद्दि चाहिन्छ, यो भन्न त निकै सजिलो छ तर व्यवहारमा पुर्याउन निकै गारो छ किन भने जे गर्न नि पहिला पैसानै चाहिन्छ। तर असम्भब चाहि होइन किन भने अरुले त गरिसकेका छन् त्यसैले भन्न सकिन्छ सम्भब छ। मेरो यो भनाई पुस्टि गर्न सानो उदाहरणबाट कोसिस गर्दछु।
मैले धेरै लेख लेखिसके पैसा भनेको काम नलाग्ने ढुंगा हो भनेर, त्यसैले यहाँ थप पैसाको परिचय दिन मन लागेन। कुनै राम भन्ने व्यक्तिलाई एउटा घर चाहिएको छ तर उससंग पैसा नि छैन काम पनि छैन घर पनि छैन आपत पर्यो बस्नलाई घर त चाहियो। तर केहि छैन अब म बुद्दि लगाएर रामको घर निर्माण गर्दछु। राम अब गाउमा टेक्टरवाला साहुकोमा गएर मलाई घर बनाउन पर्यो साहुजी तपाइले मलाई बगरबाट ढुंगा, गिट्टी, बालुवा ल्याईदिनोस तर म संग पैसा छैन त्यो पैसा बराबर कति हुन्छ म हजुरकोमा के काम छ, म त्यहि काम गर्छु भन्छ। कुरो मिल्यो साहुलाई पनि काम गर्ने मान्छे चाहिएको रैछ हुन्छ तलाई चाहिने सबै ल्याईदिन्छु त मेरोमा १ वर्ष काम गर्नु पर्छ भने त्यसपछि दुबैको सहमति भयो। अब फेरी राम हार्ड वोयेर पसलमा गएर मलाई घर बनाउन सामान चाहिएको छ तर पैसा छैन तपाईको मा १ वर्ष पछि काम गरेर सुल्ला गरौला भन्यो उसले पनि हुन्छ तिमि मेरो मा २ वर्ष काम गर्नु पर्छ तिमीले भनेको सामान दिन्छु भन्छ त्यहाँ पनि कुरा मिल्य। अब घर बनाउने मिस्त्री चहियो त्यो खोज्न मिस्त्रीहरुको ठेकेदारकोमा गयो अनि ठेकेदारलाई पनि भन्यो मलाई घर बनाउन छ पैसा छैन ३ वर्ष सम्म त मेरो काम अरु ठाउँमा छ त्यसपछि तपाईकोमा काम गर्न आउछु भन्यो। ठेकेदारले पनि हुन्छ ३ वर्ष पछाडी मेरोमा २ वर्ष काम गर्नु पर्छ म तिम्रो घर बनाई दिन्छु भन्यो। त्यस पछि सरासर घर बन्यो घर बने पछि सरकारले तैले घर बनाएछस कर खोइत तिरेको पैसा छैन काम गर्दिन्छु भन्यो सरकारले पनि हुन्छ त्यहाँ बाटो बनाउनु छ त्यो बेला २ महिना काम गरेर सुल्ला गर्लास भन्यो। अब भने अनुसार सबैकोमा ५ वर्ष २ महिना काम गरेर सकियो भने पछि खोइत यहा त पैसा चाहिएन गजबले सरासर काम गरेर घर आफ्नो भयो तर यहि भने अनुसार सबै साहुहरुले मान्दैनन नगदनै चाहिन्छा भन्छन त्यहि नगदको समस्या सल्टाउन बैंक खोलिएको हो।
अब रामले नगदमा घर कसरि बनाउछ हेरौ, अब राम बैंकमा जान्छ घर लोन लिन्छ सबैलाई के कति पैसा हो सबैको पैसा तिर्दिन्छ। अनि उनीहरुलाइ काम गर्ने मान्छे त चाहिएको छ अनि सबैकोमा पहिला जस्तै गएर काम गर्छ, उनीहरुले पनि सरासर महिनै पिच्छे तलब दिन्छन त्यहि तलब बैंकमा लोन तिर्दै जान्छ ५ वर्ष २ महिनामा लोन सकिनु पर्ने तर ब्याजले गर्दा अब थप ६ महिना बडी काम गर्नु पर्ने भयो। भनेपछि यो सानो उदहारण्बाट धेरै कुरा बुज्न सकिन्छ । कुनै पनि कुरा बनाउनको लागि पैसा होइन साधन र स्रोत चाहिने रहेछ भन्ने बुजियो, पैसा भए पनि त्यहा ढुंगा, गिट्टी , बालुवा काठ आदि नभएको भए घर भन्नि थिए। अर्को कुरा ति सबै कुरा भए पनि बनाउन जानेको मान्छे नभएको भए घर भन्नि थिएन। त्यसपछि बैंकले लोन नदिएको भए सबै साहुले उदारोमा सामान नदिएर घर बन्न सक्थेन त्यसैले बुज्नु पर्ने कुरा बिकास गर्नको लागि लोन सजिलो पार्नु पर्छ। अनि ब्याज धेरै हुनाले उसले बडी काम गर्नु पर्यो ब्याज थोरै भए उसले त्यो घर बनाउदा थोरै समयमा तिरीसक्थ्यो। अनि सरकार ले पनि जनताले घर बनाउदा त्यसैबाट उठेको करले बाटो बनाउन पायो यो सानो उदाहरणलाइ देसै भरि सहकारी मोडेलबाट प्रत्येक नेपालीको एउटा घर अभियान भनेर सुरु गर्ने हो भने आगामी १० बर्समा सबै नेपालीको घर हुने थियो। यो गर्नको लागि के कुराले रोकिन्छ होला र म सबै सरासर हुने देख्छु । यहि सानो कुरा देसै भरि लागु गरेर सारा बिकसित देसले विकास गरेका हुन् त्यसैले सबै बिदेसीको घर, गाडी जे जे चाहिन्छ त्यो त्यो कुरा हुन्छ, बैंकमा लोन पनि हुन्छ र काम पनि हुन्छ। तर हाम्रो म त बैंकले लोन दिनपनि उसैको गोजीबाट दिने जस्तो गरेर झन्झटिलो छ अनि कहाँबाट हुन्छ विकास। हरेक बिकसित देसमा लॉनको ब्याज १ देखि ३ प्रतिसत हुन्छ र पो सरासर लोन निकालेर काम गर्छन। हाम्रोमा बैंकमा पैसा थुप्रिएको छ ब्याज १४% छ सुन्दा पनि अचम्म लाग्छ ब्याजबाट कमाएको नाफाले देस बन्ने होइन ब्याज सकेसम्म फ्री भएको राम्रो हो ब्याज कसरि फ्रीनै गर्न सकिन्छ त्यो अर्को लेखमा लेख्ने छु। तर के हो भने अर्थसास्त्रमा अलिकति बुद्दि पुराएर नीति नियम बनाउने हो भने देस बन्न समय लाग्दै लाग्दैन।
काम पनि नहुने, खान, लगाउन, र बस्न पनि नहुने फेरी साधन र स्रोत छ यस्तो बिचित्रको अबस्था संसारमा कुनै देसमा हुन्न होला साधान र स्रोत नहुने देसमा काम पनि नहुने सुबिधा पनि नहुने त्यो त स्वाभाविकनै हो तर सबै कुरा भएर पनि केहि नहुने देस नेपालनै हो। यो लेख नेपालको साम्सद भबन भित्र गएर कसैले बाचन गर्दिए अलि अलि चेत आउथ्यो कि।
बिकास गर्न पैसा होइन बुद्दि चाहिन्छ
मैले स्काई अनुभव ऋण कम्पनीहरूबाट कसरी ऋण पाउँछु भनेर मेरो गवाही पढ्नुहोस् http://www.skyexperienceloan.com
ReplyDeleteमेरो नाम क्यारोलिन हो, म एक्लो अभिभावक हुँ, मेरो श्रीमानको मृत्यु हुनु अघि, उहाँले हामीलाई यति धेरै ऋण छोड्नुभयो, म धेरै अलमलमा थिएँ र कसरी ठूलो ऋण तिर्न निराश भएँ। एक दिन इन्टरनेट मार्फत जाँदै गर्दा मैले आकाश अनुभव ऋणको बारेमा एउटा गवाही (सोनिया) भेटें, त्यसैले मैले कम्पनीबाट यसको मेल (contact@skyexperienceloan.com) वा (skyexperienceloan@gmail) मार्फत 5 वर्षको लागि 85,000 EUR ऋणको लागि आवेदन दिएँ। .com)। संसारलाई थाहा दिनुहोस् कि मेरो लागि के गरेको छ, मेरो सबैभन्दा ठूलो आश्चर्यको लागि, 48 घण्टा भन्दा कममा मेरो ऋण 2% को ब्याज दर संग स्वीकृत भयो। अहिले श्रीमानको ऋण चुक्ता गरेर आफ्नै जीवन र व्यवसाय सुरु गरेकी छु । मैले आफ्नो वाचा पूरा गरें। त्यसैले, यदि तपाइँ कम्तिमा 2% को कुनै पनि प्रकारको ऋण चाहनुहुन्छ भने, SKY EXPERIENCE LOAN COMPANIES मा सम्पर्क गर्नुहोस्। उनको इमेलमा
(contact@skyexperienceloan.com) वा (skyexperienceloan@gmail.com)। उनको वेबसाइट http://www.skyexperienceloan.com/ मा जानुहोस्