खासै लेख्ने काला छैन तर नलेखी पनि भएको छैन त्यसैले लेख्दैछु। अर्थसास्त्र यस्तो जुक्काउने बिसय हो कि घरि घरि सबै जानेको छु जस्तो पनि हुन्छ घरि घरि फेरी सामान्य कुरामा पनि राम्रै प्रोफेस्सोरलाई अल्मल्याउने किसिमको हुन्छ। त्यसैले अर्थसास्त्रलाइ अलिकति बुजेर त्यही अनुसारको नीति निर्माण गरियो भने देस बन्न समय लाग्दैन। सरकारले के कस्ता कारोबारलाइ प्रोत्साहित गर्ने के कस्ता लाई निरुत्साहित गर्ने भन्ने बडो गहन तरिकाले बिस्लेसण गर्न जरुरि हुन्छ। सामान्य तरिकाले हेर्दा ठिकै लागेको कुराले पनि ठुलो नोक्सानी भईरहेको हुन्छ।
एउटा सानो उदाहरण बाट मेरो कुरा अगाडी बडाउछु मैले हरेक कुरामा सानो उदाहरण दिएर लेखेको हुन्छु ताकि अर्थशास्त्रको खासै ज्ञान नभएको मानिसले पनि सजिलै बुजोस भन्ने मेरो मनसाय छ। मानौ नेपालमा दुइ जना मात्रै नागरिक छन् एउटा राम अर्को हरि यी मद्द्य रामसंग १०० रुपिया छ, हरि संग जग्गा छ। अब हरिले रामलाइ जग्गा बिक्रि गर्छ त्यो पैसा हरिले पाउछ फेरी अर्को दिन फेरी त्यहि जग्गा हरिले किन्छ त्यो पैसा रामसंगै हुन्छ यो क्रम दिनदिनै हुन्छ १ वर्षसम्म ३६५०० को कारोबार हुन्छ तर पैसा त्यहि १०० नही हो जग्गा त्यहि जत्तिको तत्ति हो अब यिनीहरुसंग १ वर्ष पछि न खानको लागि की हुन्छ न लगाउनको लागि केहि हुन्छ यी दुवै जना निकै गरिब भए किनकि यिनीहरुको सबै कारोबार अनुत्पादक क्षेत्रमा भयो त्यसैको कारणले यिनीहरु गरिब हुन बाद्द्य भए।
अब अर्को देस फिनल्याण त्यहाँ पनि दुइ जना नागरिक रहेछन तिनीहरुसंग पनि त्यहि १०० मात्रै रहेछ। आज एउटाले सुइटर बनायो अर्कोलाई बेच्यो फेरी अर्कोले टोपी बनायो अर्कोलाई बेच्यो फेरी तरकारी बनायो अर्कोलाई बेच्यो हरेक दिन एउटा एउटा कामलाग्ने सामान बनाउदै एक आफसमा बिक्रि गर्दा रहेछन। यो देसमा १ वर्ष पछि नेपालमा जत्तिकै कारोबार भयो ३६५०० नै तर उनीहरु संग अब ३६५०० पर्ने मालसमान छ तर नेपालसंग त्यहि पैलाको १०० को जग्गा मात्रै छ। यो एउटा सानो उदाहरणले नीतिनियम बनाउन ठुलो भूमिका खेलेको हुन्छ। यहा त जम्मा १०० रुपिया मात्रै यता र उता गरिएको छ हाल नेपालमा ५ खर्ब छापिएको पैसा छ त्यो सबै पैसा उत्पादक क्षेत्रमा यता र उता गर्ने हो भने कति समान बन्ला आफै कल्पना गर्नोस त्यसैले कुनै पनि देस पैसाले बन्ने होईन, पैसाको प्रयोग उचित ठाउमा गरेर बन्ने हो।
यहा माथिका दुवैदेस संग पैसा उत्तिनै थियो र अन्तसम्म पैसा दुवै संग त्यहि १०० नै छ तर एउटाले ३६० वटा सामान बनायर बिकसित भयो तर अर्को देसले त्यत्तिनै पैसा भए पनि खान सुद्द नपाएर त्यहि देससंग म गरिब छु मलाई लोन चाहियो भनेर मागिरहेको छ अझै पनि त्यो देस लाई थाहा छैन कि देस बिकास हुने पैसाले होईन रहेछ कामले होईछ भनेर। सामन्य हेर्दा बिदेसी लोन त नचाहिने पो रहिछ त जस्तो लाग्छ तर बिदेसी लोन कहिले काही चाहिन्छ कस्तो अबस्थामा लोन चाहिन्छ कस्तो अबस्थामा लोन चाहिदैन भन्ने कुरा त्यहाको अबस्थामा भर पर्दछ। नेपालको हकमा कुनै पनि बिदेसी लोन र सहयोग बिनानै बिकास सम्भब छ सानो नीतिगत त्रुटिले गर्दा लोन लिन पर्ने बाद्यता भयो तर सानो नीतिगत सुधारले त्यसलाई हटाउन सकिन्छ, त्यसको बिस्तार अर्को लेखमा लेख्ने छु।
हेर्दा सामान्य लाग्ने जो कोहीलाई पनि थाहा भएको जस्तो लाग्ने यो सानो उदाहरण प्रस्त्तुत गर्न अथक गहन विचार, बिस्लेसण र अध्ययनको जरुरत पर्छ।
प्रतिक्षा गर्नुहोस कसरि नेपालको कृसी उत्पादन बृदी गरि भारतबाट आउने कृसी सामग्रीलाई रोक्न सकिन्छ र देस बाट कृसीको लागि बाहिरिने अरबौ पैसा बचाउन सकिन्छ जुन पैसाले अन्य जुन हाम्रो देसमा उत्पदान नहुने सामग्री किन्न प्रयोग गर्न सकिन्छ।
नेपाल गरिब हुनुको कारण
Comments
Post a Comment