नेपाल बनाउने तरिका

 संसार भरिनै धेरै चर्चा हुने बिसय अर्थसास्त्र हो किनकि यो हरेक मानिसको जिबन  हरेक देसको राजनीतिसंग प्रतक्ष्य जोडिएको हुन्छ त्यसैले यस बिसयको चर्चा संसारभरिनै बडी हुनु स्वभाबिकनै मानिन्छ। यो बिसय सारैनै गिजलिएको बिसय हो एकापट्टि मिलाउदा अर्कोपट्टि भत्किने जोखिम रहेकोहुन्छ।  त्यसैले जति पनि यस बिसयका बिज्ञहरु  हुनुहुन्छ उहाहरुमा पनि यस बिसयमा एकमत पाइदैन।  यस बिसयलाई मेरो क्षमाताले सकेसम्म सबैले सजिलै बुजिने गरि लेख्ने प्रयास गर्ने छु।  ब्यबसायिक लेखक होइन त्यसैले लेखलाई कसरि राम्रो बनाउनु पर्छ भन्ने कुराको खासै मलाई जानकारी छैन  जानकारी लिन पनि चासो लाग्दैन। लेख आफैमा एउटा जानकारी सहित कलापनि हो।   त्यसैले यसलाई कुनै नियमले बाधेर सिमित घेरा भित्र राख्नु भन्दा खुल्ला आफ्नै तरिकाले प्रस्तुत गर्नु राम्रो हुन्छ जस्तो लाग्छ। नियम त्यहाँ जरुरि हुन्छ जहाँ नियम पालन नगर्दा दुर्घटना हुने सम्भावनारहन्छ जस्तै रातो बत्तिमा रोकिनु पर्ने नियम यदि यहाँ कसैले नियम मान्दिन भन्छ भने दुर्घटना हुने जोखिम रहन्छ। त्यसैले लेखलाई कुनै नियमले बाध्नुपर्छ जस्तो लाग्दैन।

 हामीले अर्थसास्त्रमा  हाम्रै वरीपरिको आर्थिक गतिबिधिलाइ राम्रोसंग अध्ययन गरियो  साथै थोर  बहुत अरुको  कुरा पनि पढे पछि अल्लि बडी जानकारी लिन सकिन्छ।  संसारमा कुनै देस निकैनै बिकसित भए तर कुनै देस निकैनै गरिबीमा रुमलिन पर्यो आखिर किन  यस बिसयले  मलाई दिनदिनै पिरलि रह्यो। गरिबीकै कारण लाखौ नेपाली बिदेसिनु पर्यो बिदेसिनुको पिडा यो  वर्षमा  आफैलाइ पनि राम्रै अनुभब भएकोले  यसैको खोजमा निकै गहनताका साथ लागि परिरहे  केहि निचोड निकाले जुन लागु गर्न सके आगामी केहि बर्समानै नेपालीले सामान्य जीबनयापन गर्नको लागि बिदेसिनु पर्छ जस्तो लाग्दैन। तर यो नया आर्थिक पद्दति लागु गर्न साहसिकअनुसासितदख्खल  सबैलाई विश्वास दिलाउन सक्ने  राजनीतिक नेताको

आबस्कता पर्छ।


नया पद्धतिको बारेमा  चर्चा गर्नु अगाडी अर्थसास्त्रका केहि महत्त्वोपुर्ण बिसयमा जान्नु आबस्यक रहन्छ जस्तै यसको इतिहासपैसाको प्रयोग आदि।हामि धेरैजसो लाई जानकारीनै  कि मानिसको सुरुवाती इतिहासमामानिसहरु समुहमा मिलेर बस्ने गर्थे  आफुलाई जे जे आबस्यकता पर्यो मिलेर सामुहिक रुपमा काम गरेर आवस्यक सामग्रीहरुको जोहो गर्थे। बिस्तारै समुहहरु ठुलो हुदै गए पछि मान्छेहरु  छुट्टाछुटै बस्न थाले। अनि आफुलाई चाहिने सबै कुरा आफै बनाउन नसक्ने भए कसैले केहि कुरा बनाउन तथा उत्पादन गर्न जानेको हुन्छ कसैले अर्कै कुरा जस्तै एउटाले स्विटर बुन्न जानेकोहुन्छ भने अर्कोले मकै फलाएको हुन्छ। एकै जना मान्छेलाइ मकै पनि चाहिएको हुन्छ स्विटर पनित्यसैले स्विटर  मकै बीच साटासाट गर्ने चलनको सुरुवात भयो जसलाई हामि बस्तु विनिमय पर्था भनेर चिनिन्छजुन पर्था अझैपनि हाम्रो समाजमा कतैकतै सानो रुपमा देख्न सकिन्छ। समाजको आकार बढ्दै गए पछि बस्तु विनिमय पर्थाले मात्रै काम गर्न असजिलो हुन थाल्यो जस्तै आज रामसंग १००  किलो आलु  त्यो दिएर उसलाई अलिकति मकैअलिकति चामलअलिकति तरकारी अनि केहि कपडा चाइहिएको उसले त्यो १०० किलो आलु कता कता मान्छे खोज्दै हिन्नु झन्झट भयो त्यसैले सुबिधाको लागि हाट बजारको चलन सुरु भयो। सबै मान्छेले त्यहि हाट बजारमा आफुलाई बडी भएको सामान ल्याउन थाले र आफुलाई चाहिने सामानसंग सट्टापट्टा गरेर लिने दिने काम गरे। त्यति बेला पनि कति चामल बराबर कति आलुको लेनदेन गर्ने  भन्ने समस्या थियोत्यो समस्या तिनीहरुले त्यो समान उत्पादन गर्दा लागेको लागतआफ्नो ज्याला हिसाब गरेर एउटा सर्बस्वीकार्य मापदण्ड तय गर्थे।   साथै एकआपसको सहमतिमा पनि निक्रोल गर्ने गर्थे जुन अहिलेको फ्री बजारको अबधरणायसैको बिकसित स्वरूप हो।

 

समाजको आकार बढ्दै गए संगै बस्तु विनिमय पर्थाले मात्त्रै कारोबार संचालन गर्न कठिनाई उत्पन्न हुन लाग्यो जस्तै हरिलाई   हप्ता भित्र २०० किलोआलु बिक्रि गरि सक्नु पर्ने  तर उसलाई चाहियको धानगौमकै आउन अझै  महिना कुर्नु पर्ने हुन्छ यस्तो परिस्थितिमा उसले विभिन्न मान्छेहरुलाई फरक फरक किलो आलु दिएको हुन्छत्यो सम्झिनको लागि बिशेस किसिमका ढुंगाहरुको प्रयोग गर्न थालियो जस्तै रामलाइ २० किलो आलु दिएको भने रामबाट २० ओटा ढुंगा लिने श्यामलाइ ३० किलो दिएको  भने श्यामसंग ३० ओटा ढुंगा लिने चलन सुरु भयो। जुन ढुंगाले सम्झिनको लागि सजिलो बनाउने काम गर्यो।  महिना पछि रामले मकै  श्यामले धान हरिलाइ दिएर आफुले दिएको ढुंगा फिर्ता लिएत्यसपछि ढुंगाको काम सकियो।  सुरुमा दुइजना बिचको लागि मात्रै प्रयोग गरिएको ढुंगा पछि सबैले मान्यता दिन सुरु गरे संगै ढुंगाले सबै कारोबारमा मान्यता पाउनथाल्यो।  यहाँ एकदमै बुज्नु पर्ने कुरा के  भनेत्यो ढुंगा जसले बजारमा सबैले स्वीकारेका छन् त्यो पाउनको लागि केहि  केहि उत्पादन गर्न जरुरि हुन्छ। अन्यथा त्यो ढुंगा प्राप्त गर्न सकिदैन तर त्यो बेला पनि फटाहा मान्छेहरु थिए जसले चाहिने सामान उत्पादन नगरी बाहिरबाट उस्तै  डुंगा खोजेर ल्याउन लागेजसका कारण बजारमा चाहिएको सामान कम  मान्छेहरुसंग ढुंगा मात्रै बडी हुन थाल्योजुन समस्या त्यति बेलाको  ठुलो समस्या भयोअहिलेको  भ्रस्टाचारनक्कली पैसाठगि त्यसैको बिकसित रुप हो।  त्यतिबेला ढुंगा प्राप्त गर्न मानिसले केहिनकेहि उत्पादन गर्नु पर्थ्यो तर फटाहा मान्छेले चाहिने कुरा  उत्पादन नगरी बाहिरबाट डुंगा खोजेर ल्याउनाले  समाजमा त्यहि डुंगा प्रयोग गरिरहन समस्या उत्पन्न भयो। त्यो समस्या समाधान गर्न समाजले बिशेस किसिमको बनोट बनाई छाप लगाई तामाको सिक्का प्रयोग गर्न थाले। बिस्तारै फटाहा मान्छेहरुले तामाको पनि उस्तै बनाएरसमस्या पारे त्यसैले तामा भन्दा अल्लि पाउन मुस्किल   दुर्लभ चादि    सुनको सिक्का प्रयोग गर्न थाले। जसको प्रयोग आजको दिनसम्म पनि निरन्तर  मान्छेहरु आज पनि चाहिने सामान उत्पादन गर्नुको सट्टा सुन   चादि खोज्न हिनेका छन्।  त्यो बेला  त्यसरी बाहिरबाट ढुंगा खोजेर ल्याउनेलाइसमाजले थाहा पाए सम्म दण्डित गर्थ्यो तर आजकल  कानुनि रुपमै सुन  चादि  खोजेका छन्अनेकौ डुंगा उत्पादन गर्न लागि परेका छन्सम्झिदापनि अचम्म लाग्छ  संसार सबै लहै लहैमा  चलेको छ।


 माथिको बिस्लेसणबाट के कुरा कहिल्यै बिर्सिन हुदैन भने मान्छेलाई चाहिने खाने कुरा उत्पादन गर्नु पर्छजस्तै खानाकपडाघर आदि  नकि ढुंगा सुनचादी पैसा  यहा  एक जना मानिस मात्रै होइनकि संसारकै सरकार सुद्द जोडबलका साथ डुंगा बृदि गर्न लागि परेको देख्दा पो अचम्म लाग्छ त्यसैलेमैले दावाको साथ भन्ने गरेको छु आजसम्म अर्थसास्त्र कसैले बुजेकै छैन बुझेको भए यस्तो तमासा देख्न पर्थेन। Adam स्मिथले  वेअल्थ ओफ नेशनकिताब  लेख्नु भन्दा अघिसम्म संसारकै देशहरु बीच सुन  चादी संग्रह गर्नुनै राज्य धनि हुनु हो भन्ने विचार हाबी थियो। जसले गर्दा आफ्नो देस भित्रजनता खान लगाउन नपाएर पिडित थिएतर देसहरु सामान अरु देशलाई बिक्रि गरेर धेरै सुन चादी जम्मा गर्नमै ब्यस्त थिए। जब आदम स्मिथले उक्तकिताबमार्फत वेअल्थ ओफ नेशन भनेको सुन चादीको थुप्रो होइनकि जनताले उपयोग गरेको सुबिधानै बास्तबिक वेअल्थ ओफ नेशन हो भनेर सारैबुझिने गरि लेखिसके पछि बल्ल अलि अलि देसका नेताहरु मा चेत घुस्यो  त्यसैको फलस्वरूप जनताको जिबनस्तर अलिकति राम्रो देखिन थाल्यो तरफेरी पनि त्यो मुख्य कुरा बिर्सी सकेका छन्। फेरी पनि मानिस जोडबलका साथ ढुंगा बृदि गर्न पट्टिनै  लागिरहेको  एकजना मानिस लाग्नु स्वभाबिकनै हो तर सरकारलेनै ढुंगा बृदि गर्न प्रोत्सान गर्नु चाही उदेक लाग्नुनै छ।


यो सानो यथार्थ पछि फेरी पुरानै कहानीमा लैजान्छु। समाजको बृदि संगसंगै कारोबारहरूका  संख्यामा पनि बृदि हुन थाले पछि सुन चादी को धेरै धेरै सिक्का यता  उता ओसार पसार गर्न कठिनाई हुन लाग्योजसलाई सहज बनाउन सबैले मान्ने गरि एउटा बैंक खोलियोजसमा आफुसंग भएको सुनचादी त्यहाँ जम्मा गरेर सबैलाई  मान्ने हुनेगरि साना साना सिक्का जसलाई हामि पैसा भन्छौ यसको प्रचलन सुरु भयो। बिस्तारै सिक्कासंगसंगै कागजको पैसा पनि सुरु भयो यो प्रचलन बिस्तारै सबै समाजमा हुदै हुदै गयो  आज सम्म पनि त्यही प्रचलन छ। हामीले मज्जैसंग बुज्नु पर्ने कुरा के छ भने जुन  सुन चादी समाजले कारोबार सहजताको लागि मान्यता दिएको  स्वीकारेको बस्तु हो त्यसैलाई आधार बनाएर पैसा छापिएको हो यी सबैत्यहि काम नलाग्ने डुंगाको बिकसित रुप हुन् जुन आलुको खरिद बिक्रि गर्दा प्रयोग गरिएको थियो। अब यो सुन  चादीलाइ जम्मा गरेर कुनै देसले ग्राम सुन बराबर  डलर पैसा छापेर  त्यहाँ त्यहि अनुसार चलन चल्ती हुन थाल्योकसैले  ग्राम सुन जम्मा गरेर १२० रुपिया छापियो  त्यहि अनुसारचलन चल्ती भयो। त्यसैको फलस्वरूप आजसम्म पनि कुनै देसको पैसा बडी मूल्यबान  कुनै देसको पैसा कम मूल्यबानको छ। त्यसैले कुनै देसको पैसा मुल्याबान हुनु  देसको विकास हुनुमा कुनै सम्बन्ध हुदैन त्यसैले हामी देख्न सक्छौ नेपाल भन्दा साउथ कोरिया धेरै बिकसित भैकिन पनि उसकोपैसा नेपालको भन्दा कम मुल्याबान छ। आजसम्म आइपुग्दा पैसाको विनिमय दर धेरै कुराले निस्चित गरेको हुन्छमुख्यत त्यहि जम्मा गरेको सुन र निस्कासन गरेको पैसाको अनुपातले  हुन्छ त्यसैको आधारमा  देस भित्र हरेक सामानको मूल्य तय भएर कारोबार संचालन भएको हुन्छ त्यसैले छोटोसमयमा पैसाको विनिमय दरमा ठुलो परिबर्तन आयो भने सम्पूर्ण बस्तुको मूल्यमा परिबर्तन हुन जान्छ जुन राम्रो हुदैन। जब पैसाको प्रयोग हुन थाल्योतब मान्छेहरु सबै अलमलमा पर्न गए  अर्थसास्त्र बुज्न जटिल बन्दै गयो पैसा बन्नु अगि सिदा तरिकाले मान्छेलाइ जे चाहिएको हो त्यो उत्पादन गर्नेभन्ने थियो जब पैसाको प्रयोग भए पछि सबै डामाडोल भयो। अजै  जब कुनै किसानलाई बिउ किन्न पैसा चाहिएको थियो उसले  साथीबाट पैसा सापटी लिएर बिउ किन्यो पछि उत्पादन भएर बिक्रि गरिसके पछि साथीले सापटी दिएको पैसा भन्दा निकै धेरै पैसा पार्न सफल भयो  त्यो साथीले तैले मेरो पैसा लिएर यत्रो पैसा बनाइस मलाई पनि अलिकति थपेर दे भन्दाहुन्छ यार ला ली भन्दै थपेर दिएको पैसानै आजको ब्याजको रुप हो। त्यहिब्याज कमाउन सकिने सजिलो बाटो भएका कारणले मान्छे उत्पादन गर्नु भन्दा ब्याज कमाउन पट्टि धेरै लाग्न थाले जसका कारण उत्पादन कम हुदै गयो उत्पादन कम हुदा बित्तिकै उत्पादन गरिएका बस्तुको मूल्य बडी पर्न गयो।

फेरी अगाडिको कहानी निरन्तरता पैसाको प्रचलन व्यापक रुपले हुदै गए पछि समाजमा पैसा छरिएर रहन थाल्यो उत्पादनमा बृदि हुदै गर्दा जसलेउत्पादन गरे उनीहरुसंग धेरै पैसा जम्मा हुन पुग्यो त्यो पैसा आफुसंगै राखिरहन जोखिम हुने डर हुनुका साथै छरिएर रहेको पैसालाई एकै ठाउमा जम्मागरेर चाहिने व्यक्तिलाई दिने मनसायले कमर्सिअल बैंकको सुरुवात भयो। यो बैंक को सुरुवातसंगै ब्याजले राम्रैसंग पूर्णता पायो। ब्याजकै कारणले आजसम्म पनि हरेक बस्तुको मुल्यमा बृदि हुन्छ  त्यो बृदिलाई समायोजन गर्न कामदारको पनि तलब बेलाबेलामा बृदि गरिरहनु पर्छ। ब्याजको प्रचलनब्यबहारिक रुपले बैंकद्वारनै सुरु भए पछि  अर्थसास्त्र बुज्न झनै जटिल बन्दै गयो। त्यसपछि समाजमा रहेका चलाख  बाठो मान्छेहरुले बैंकलाईप्रभावमा पारेर मनग्य ऋण लिई व्यापक उत्पादन गर्न सफल भए  धेरै नाफा राखी पैसा थुपार्न थाले तर जो कृसीमा काम गर्छनअथवा तिनै उत्पादककोमा काम गर्छन उनीहरुको आम्दानी कम हुदै गयो जसले गर्दा समाजमा धनि  गरिब मान्छेको सुरुवात राम्रैसंग भयो  यो प्रक्रिया आज सम्म झन् झन् बढ्दै गयो। यहि अवस्थाबाट आजित भएर कार्ल माक्सले पैसा बिनाको समाज परिकल्पना गरेका थिए तर त्यो ब्यबहारिक रुपले सम्भव हुन सक्दैन। किनकि मान्छेको जिबन सहज बनाउन धेरै बस्तु  सुबिधा चाहिएको हुन्छ फेरी त्यो उत्पादन गर्न विभिन्न किसिमका काम मान्छे  द्वारानै कामगर्नु पर्छ कसैले सजिलो काम गर्नु पर्छ कसैले अल्लि स्किलको काम गर्नु पर्छ  कोहि धेरै समय काम गर्छन भने कोहि थोरै समय काम गर्छन त्यसैले सजिलो काम गर्ने  थोरै समय काम गर्नेलाइ कम सुबिदा दिने  स्किलको काम गर्ने तथा लामो समय काम गर्ने लाइ धेरै सुबिदा दिन पर्यो त्यो गर्नकोलागि कित पैला जस्तै फेरी डुंगाकै प्रयोग गर्नु पर्यो कित पैसाको प्रयोग गर्नैपर्ने हुन्छ।  यति ठुलो समाज पैलाको जस्तै सबैले मिलेर काम गर्ने मिलेर चाहिएको सामान लिने भन्ने सोचबाट समाजमा काम हुदैन।


यी सारा पैसासुनचादीब्याजबैंक आदिका नालीबेली लेख्नुको कारण अब कसरि नया तरिकाले नेपालको विकास गर्न सकिन्छ  संसारलाईनै अर्थसास्त्रलाइ नया ढंगले प्रयोग गरेर देखाउन सकिन्छ भनेरै हो। माथिको नालीबेली नलेखी मैले एक्कासी नया कुरा गरे भने मान्छेले भन्न सुरु गर्छन कि यसले अर्थसास्त्रनै बुझेको छैन भनेर त्यसैले पनि लेख्न पर्यो।


हाम्रो जस्तो अधिकांस गरिब देसमा के मान्यता  विश्वास रह्यो भने विकास भनेकै डलरले हुने होहामी गरिब हुनुको कारण हामीले डलरसुनचादी जम्मा गर्न सकेनौ त्यसैले गरिब हुनु पर्यो भन्ने सत प्रतिसत गलत मानसिकता बोकेर अजै पनि बसी राखेकै छौ। धेरै आसा थियो नेपाली जनतालाई प्रचण्ड  बाबुरामबाट तेत्त्रो क्रान्ति गरेर आएका  स्वम बाबुराम सम्बन्धित बिसयकै कुसल ज्ञाता भएका खातिर तर अन्तमा उनीहरु पनि यहि अर्थसास्त्रकै भुमरीमा परेर  त्यहि कागजी परिबर्तनलाइ ठुलै परिबर्तन गरियो भन्दै कुर्लिदै छन् दया लागेर आउछ सम्झिदा पनि तर फेरी पनि नेपालमा अहिलेको स्थितिमा यो दुइ जोडी मद्य प्रचण्डलाइ  पार्टीं प्रमुख  बाबुरामलाइ प्रधानमन्त्री दिएर  वर्ष चलाउन दियो भने केहि बुद्दिले काम गर्थ्यो कि भन्ने झिनो आसा अझै पनि मनको सानो कुनामा जीवितनै छ।


आखिर के हो  विकासविकास भनेको त्यो देसका नागरिकले थोरै काम गरेर धेरै सुबिधा  लिनुनै बिकास हो। थोरै काम गरेर धेरै सुबिधा लिने चरणसम्म पुग्नको लागि तिनै देसका जनताले बेस्सरी काममा लाग्नु पर्छ। अरु कुनै विकल्पनै छैन जति पनि देस आजसम्म बिकसित भए काम गरेरै भएका हुन् सुन,चादी,पैसाको थुप्रोले देस विकास हुदैनति सबै कुरा काम परिचालन गर्नको लागि साधन मात्रै हुन। जुन देससंग साधन  स्रोत  त्यो देसलेनै छिटो विकास गर्न सक्छ। नेपालमा  त्यहि तेल बाहेक सबै साधन  स्रोत सम्मपन्न छ। जस्तै मसंग जुत्ता बनाउने सामग्री   मलाई जुत्ता बनाउने तरिका पनि थाहा  भने मैले जति धेरै काम गरे उतिनै धेरै जुत्ता बनाउन सक्छु। यहि सामान्य बास्तबिक यथार्थलाइ पुरै देसमा लागु गर्ने हो भने हामीलाई चाहिएको कुरा प्राप्त गर्न समय लाग्दैन। त्यसका लागि मान्छेलाई जुत्ता बनाउने स्किल सिकाउन पर्यो अनि अझै छिटो  धेरै जुत्ता बनाउनपर्यो भने आधुनिक मेसिनको प्रयोग गर्नु पर्यो। अहिले संसारनै चिनको बिकास देखेर चकित परेका छन्चिनले आफ्ना मान्छेलाई तालिम दियो पढायो योग्य बनायो अनि मेसिनको विकास गर्यो। जब मेसिन भयोकाम गर्ने योग्य मान्छे तयार भए  चाहिने कच्चा पदार्थ देस भित्रै भए पछि सरासर काममा लगाइदियो त्यसैले अमेरिकाले  १०० वर्षमा प्रयोग गरेको सिमेन्ट बराबर चिनले  वर्षमा गर्यो त्यो सबै कुरा त्यहि जुत्ता बनाउनेको उदाहरणको व्यापक रुप होयसमा आस्चर्य मान्नु पर्ने केहि छैन  थाहा  देस भित्र सबै सामग्री नहुन सक्छ जस्तै एक जना मान्छेलाई चाहिने सबै सामग्री आफैले उत्पादन गर्न नसके जस्तो कुनै एउटा देसले सबै कुरा जुटाउन सक्दैन त्यस्तो स्थितिमा आफुले जे उत्पादन गर्न सकिन्छ त्यो अल्लि धेरै उत्पादन गरेर आफुले उत्पादन गर्न नसकेको सामग्री अर्को देसबाट ल्याउनु पर्छ यदि आफ्नो समान बिदेसमा प्रधिस्पर्दाका कारणले  बिक्रि गर्न सकिएन भने अनुदान दिएर भए पनि बिक्रि गर्नु पर्छ किनकि त्यहि पैसा प्रयोग गरेर आफुलाई नभई नहुने सामग्री ल्याउनु पर्ने छ।


जंगलमा रुख कुहिएर गएको बगरमा गिट्टीबालुवा ढुंगा यत्तिकै बिना प्रयोग बसेको तर मान्छे घर नभएर बाटोमा सुत्न परेको छ।  त्यहि बाटोमा सुतेको मान्छेलाई जा जंगलमा ढलेको रुख लिएर आइजा अनि गिट्टी बालुवा ढुंगा पनि लिएर आइजा  सानो घर बनाएर बस भन्नुनै विकासको पहिलो चरण हो। हो यो बाटोमा सुतेको मान्छेलाई घर बनाउन स्किल सिकाउने  ब्यबस्थित तरिकाले साधन  स्रोतको प्रयोग गर्न नीति नियम बनाउने कामनै सरकारको हो। तर हामीलाई यस्तो ठुलै आपत पर्यो कि विकास भनेकै पैसानै हो भन्ने कुरा मज्जैसंग दिमागमा पस्यो त्यो केहि गरि निस्किनेवाला छैन।तर पैसा  त्यहि काम नलाग्ने ढुंगाको बिकसित रुप हो। यो कुरा सबैले अर्थसास्त्र पढ्ने बेलासम्म राम्रैसंग बुज्छन जब त्यो क्लासबाट निस्किसकेपछि सकियो अनि जे भनेकोनि पैसै हो भन्ने विचार हाबी भयो। त्यहि विचार दिमाग रहिरहनुनै गरिबीको मूल कारण बन्यो।  सामान्य मान्छेलाई हुनु त स्वाभाविकनै हो तर यहा  ठुला ठुला अर्थसास्त्री  राजनीतिक नेताको कुरा पनि तेस्तै हुन पुग्यो  पो लाखौ नेपाली संसार बनाउन गए देस जस्ताको तस्तै भयो।   कतै केहि अलिकति कुरा कुनै नेपाली नेतालाई बुझाउन सक्छु कि भन्दै टोइलेट सफा गर्ने कामलाई अलिकति घटाएर लेखनको लागि समय मिलाएको छु तर  जस्तोको कुरा के सुन्थे होलान  सबै ढुंगा नै संग्रह गर्न अनेक बाटा खोज्दै बसेका छन्।  English राम्रो नभए  पनि लेख्नप्रयास गरे  अहिले कनिकुथी गर्दै नेपाली टाइप गर्दै छु। हेरौ कहिलेसम्म जागर चल्छ। यिनै कुराहरु लेखेर बिदेसी सरकारहरुलाई मेल गर्दा धन्यवाद Padam तेरो नया कन्सेप्ट नोट गरियो भनेर प्रतिक्रिया दिन्छन तर मेरो देसका धेरै नेता  जान्ने बुज्ने  देस बनाउन लागि परेका मान्छेहरुको Twitter मा गएर हाल्छु लाइक सम्म कोहि कोहिले गर्छन अलिकति उत्प्रेणा दिएर यहाँनिर तेरो कमजोरी  यो कुरा राम्रो  कसैले भन्दैनन अचम्म  मेरो समाज।

 

अब लागौ देस विकासमा यसको पहिलो सर्त हो काम जसरि पनि गर्नुनै पर्छमेसिनले गरे धेरै राम्रो मेसिन छैन भने मान्छेले नै गर्नु पर्यो। अर्को सर्त हो साधन  स्रोत जुटाउनु देस भित्र  भने त्यसको ब्यबस्थित तरिकाले प्रयोग गर्दै जाने छैन भने बाहिरबाट ल्याउनेबाहिरबाट ल्याउन आफुसंग जे  त्यो बाहिर बिक्रि गर्ने  त्यहि पैसाले किनेर ल्याउने। लेख्न  सारै सजिलो  तर यो अजिबको प्राणि मान्छेलाइ तैले काम गर काम गरिस भने तैले धेरै कुरा पाउन सक्छस भनेर निरन्तर काम लगाउन सक्नुनै ठुलो बिजय हासिल गर्नु हो   विकास चरणको सुरुवाती त्यहिबाट सुरु हुन्छ तर हामीले समाजमा यस्ता यस्ता नचाहिने काममा मान्छेलाई लगाएका छौ कि जसको कारणले चाहिने  गर्नु पर्ने काम हुन सकेन। यो समस्या नेपालमा मात्रै होइन संसारभरनै हाबी  त्यहि अर्थसास्त्रको चुरो कुरो नबुजेर मान्छे आफैले जिबनभर दुख्ख पायो। यसलाई सानो उदाहरणबाट प्रस्ट पार्छु एका देसमा जना मानिस थिए ति मद्य  जनाले स्विटर बुन्ने काम गरे अर्को दुइ जना चाही जग्गा खरिद बिक्रीमा लागे कहिले एउटाले किनेको  अर्कोले बेचेको गरे  महिना पछि  जनाले १०० वटा स्विटर बनाए त्यो लगेर अर्को देसमा बिक्रि गरेर आफुलाई चाहिने जति सामान लिएर आए तर देसमा  ति जग्गा दलाललाई पनि खान लगाउन  पर्यो त्यहि बिदेसबाट ल्याएको सामान  जनाले भाग लगाउन पर्यो यदि सबै  जनालेनै स्विटर बनाएर बसेको भएत १६७ ओटा स्विटर बुन्न सक्नी थिए  सबैले अल्लि बडी सामान पाउथे तर अनुत्पादक क्षेत्रमा  जनाले काम गर्दा सबैलाई घाटा भयो। मानौ बिदेसमा नबेचे पनि  जनालेनै  चाहिने ठाउमा काम गर्ने हो भने धेरै कुरा प्राप्त गर्न सकिन्थ्यो। यहाँ सानो जग्गाको उदाहरण दिएको मात्रै हो यस्ता अनुत्पादक क्षेत्र कति छन् कति अनि सरकारको  ध्यान पनि त्यतै जोड दिएको देखिन्छ अनि कहाँबाट बन्छ बाटोपुलअस्पतालस्कुलघर आदि आदि।

 

संसारमा जातिबित्ति चर्चा हुने बिसय हो आर्थिक मोडल फलानो देसले यो मोडेल ले विकास गर्यो त्यो मोडेल ले विकास गर्योमार्क्स ले यसो भनेका छन् आदम स्मिथले उसो भनेका छन् यी सबै बकवास बाहेक केहि होइन। मलाई भोक लागेको  मैले मेरो भोक पुरा गर्न खाना बनाउन पर्यो तेत्ति कुरा बुज्न किन Marx ले के भनेका छन् भनेर घोत्लिन पर्छ  आफै सोचे सबै कुरा थाहा पाउन सक्ने भएता पनि हामी अरु ले के भनेको  भन्दै खोज्दै हिन्ने गर्छौ जुन आबस्यकनै छैन। मान्छेलाइ सामान  सुबिधा चाहिएको हो त्यो पाउन तिनै मान्छेले काम गर्नु पर्छधेरै कुरा भन्नई मिल्दैन यहा खोइ के हो के भनेर ठेलीका ठेली किताब छाप्छनअचम्म पर्छु  एकथरी मान्छे भन्छन छुट्टाछुट्टै काम गरौ जसले जति बडी काम गर्छ उसैले बडी पाउछ यी भए पुजीबादी सोच भएका अर्का थरि छन् तिमीहरु सबैले बैंकबाट पैसा लगेर सामान उत्पादन गरेर आफुलाई धेरै नाफा राखेउ कामदारलाइ सधै थोरै तलब दियौ कामदार सदै गरिब भए यो तरिकाले हुन्न सबैले मिलेर गर्नु पर्छ मिलेर बराबर लिनु पर्छ यो पैसाको चलननै ठिक छैन भन्दै हिन्ने कम्युनिस्ट भए।अर्को थरि फेरी बीचमा हिरो बन्दै आउछ तिमीहरु दुवै काम छैनौ यो मान्छेको जातसंग मिलेर काम गर्नेमिलेर लिने भन्यो भने कामनै गर्दैनअनि उसैले धेरै लान खोज्छ। त्यो हुन्न अनि जसले सक्छ उसैले गर्छ भनेर हुन्न गरिबको छोराछोरी सधै गरिबधनीको छोराछोरी सधै धनि  यस्तो अन्याय हामी सहदैन।  बैंक पनि तिमीहरुले कब्जा गर्छौ जताततै तिमीहरुकै कब्जा हामी के काम मात्रै गर्ने मोजमस्ती तिमीहरुले  मात्रै गर्ने हो  भन्दै नया कुरागर्छ। कम्तिमा पनि सिक्षास्वास्थबुढेसकाल पेन्सनका लागि मिलेर काम गरौ अरु काम हुन्छ तनी एक्ला एक्लै गरौ भन्छयसो सोचेर हेर्दा यो बीचमा आएर नया तरिकाले गरौ भन्ने मोडेलनै ठिक हुन्छ जस्तो लाग्छ मलाई पन।  तर के होइन भने कुनै पनि मोडेल आफैले सबै ठीकठाक सरासर विकास हुने चाही होइन फेरी पनि काम सबैले गर्नुनै पर्छ।


यी सबैका आफ्ना आफ्नै फाइदा तथा बेफाइदा छन् तर हार्मो नेपालीमाटो नेपालीमन अनुसार संसारलाइ नया मोडेल दिन सकिन्छ। नेपालमा एउटासारै ठुलो समस्या भनेको उत्पादन गर्यो अनि उत्पादनले बजारमा भारतीय सामानसंग प्रतिस्पर्दा गर्न नसकेर खाल्टोमा लगेर हाल्नु पर्छ निकैनै माक्सबाद बुज्नु भएको कृसीमन्त्रि हुनुन्छ किसानले खाल्टोमा लगेर तरकारी फाल्नु पर्छ अब मल नपाएर बालि मर्न लागि सक्यो।   मल बालि मरिसके पछि भारतबाट आइपुग्छ पहिल्यै आयो भने  फेरी भारतले अन्न पछि कसरि बेच्नेमल पनि बेच्छ मल काम नगरे पछि बालि बनि बेच्छ यत्तिपनि मिलाउन नसक्नेले नबोले हुनि होनि तर गफ उनीहरुकै ठुला हुन्छन।  भारतले क्रिसकलाइ लोन फ्रीमा दिन्छ अनि बिदेस बेच्नको लागि अनुदान पनि दिन्छ तर नेपालले कृषकललाई अनुदान  कता हो कता लोनको झन्झटिलो प्रक्रिया  ब्याजले सताएको हुन्छ अनि कसरि गर्छ प्रतिस्पर्दा अनि को बस्छ नेपाल हरे दैब अर्को ठुलो महाभूल बिदेसी बस्तुसंग प्रतिस्पर्दा गर्नको lagi विनिमय दरको अधिकार आफ्नै देसको केन्द्रिय बैंकसंग हुनुपर्छ जस्तै भारतभाट सामान आएर हाम्रो देसको सामानले प्रतिस्पर्दा गर्न सक्दैन भने हामीले हाम्रो पैसालाइ अझै कमजोर बनाउन सकिन्थ्यो   जसले गर्दा भारतीय सामान  नेपालमा बेचेर उनीहरुलाई  नाफा नहुने गराउन सकिन्थ्यो तर त्यो अधिकार पनि उतै भारतमानै बुजायेका छौ अनि कसरि नेपाली ब्यापारीले प्रतिस्पर्दा गरुन कठै हामि नेपाली कस्ता बुद्दिजीबी सासकबाट सासित हुन पुगेउ  संसारभरका टोइलेट सफा गर्ने अवसर पाइयो।


प्रचण्ड  बाबुराम निकै ठुलो विकास गर्छु भन्दै सत्तामा आए सबै आर्थिक आबस्था बुझे सरसल्ला गरे अनि हेरे कर थोरै उठ्छ यता लादा उता पुग्दैन उता लादा यता पुग्दैन अनि सोचे नेपालमा बजेटनै छैन रैछ गर्न सकिन्न भन्निमा पुगेर अन्तिमा त्यहि पैसा कुरा बुज्न नसक्दा अलमलमा परे।  बास्तबमा देसबिकास गर्ने पैसाले होइन पैसा छाप्न  त्यहि सेन्ट्रल बैंकलाइ अधिकार  मेसिन नेपालमै राखेर छापे हुन्थ्योनि तर त्यो बेकुब तर्क हो मान्छेलाइ चाहिएको सामान  सुबिधा हो पैसा  धेरै छापे धेरै धेरै मा कारोबार हुन्छ।  थोरै छापे थोरै थोरैमा कारोबार हुन्छ। अब कसरि जान सकिएला  बडो सोचमा पर्छु  अनेक विचार निकाल्छु। हामीले सिक्षा  स्वास्थमा सरकारी मातहतबाट चलाउदा राम्रो हुन्छ  सबैलाई निसुल्क गर्दा राम्रो हुन्छ त्यो भएपछि सारा नेपालीको ठुलो बोज सकिन्छ  यो  काम सबै  महिना भित्रबाट लागु गर्न सकिन्छ। यो भनिरहदा अर्थसास्त्र बुज्नेहरुले मलाई भन्न सक्छन यो पागल रैछ सरकारको बजेट घाटामा  सिक्षा  स्वास्थमा कसरि तेत्त्रो खर्च धान्न सक्छ भनेर पख्नोस कृपया एकछिन सोच्नोस  भोलिदेखि सबैलेआफ्नो आफ्नो काम गर्ने कसैले कसैसंग पैसाको काम नगर्ने के हुन्छ आजसम्म जसरि पुगेको  भोलिदेखि पनि त्यसरीनै पुग्छ यहाँ पैसाले कारोबार गर्न सजिलो पो गराएको होत पैसाले पुराएको  होइननि मान्छेले काम गरेर पो पुगेको हो।  हेरी येही कुरालाइ टपक्क टिपेर सिक्षा  स्वास्थमा मात्त्रै हाल्दिउ

जो जसको सिक्षा  स्वास्थमा लगानी  उहाहरुको लगानी विभिन्न उत्पादन लगाइदिउ कपडा उधोगबाइककार के के चाहिने हो मान्छेलाइ त्यो त्यो उत्पादन गर्न सरकारले बैंकबाट लोन लिएर बिस्तारै तिर्दै जान्छ उनीहरुलाई त्यो उत्पादन सुरु गर्न एकै पटक पैसा चाहिने होइन बिस्तारै बिस्तारै सरकार लोन लिएर तिर्दै जान्छ जब मान्छेहरु सिक्षा  स्वास्थमा खर्च गर्न नपर्ने भए पछि त्यो पैसा अन्ने सामग्री खर्च गर्छ जसले गर्दा उत्पादनरोजगारर राजस्व बृदि हुन्छ  सरकारले सजिलै सिक्षा  स्वास्थमा भएको खर्च ब्यहोर्न सक्छ। अब पहिला सिक्षा  स्वास्थमा  लगानी गरेका उधोगपतिको नया नया उधोग संचालनमा आए पछि झनझन नया रोजगार नया कर बृदि हुन थाल्छ जब मान्छेहरुको सिक्षा  स्वास्थको बोज हट्छ तब तब खर्च गर्ने बानि पनि बढ्छ। जब खर्च गरिन्छ सबै सुबिधा बढ्दै जान्छ।  यो कुरा दावाका साथ भन्न सक्छु कि यो कुरा संसारको कुनै economist le गर्न सक्दैन किनकि उनीहरुलाई एकाउण्टिङ्ग ज्ञान हुदैन त्यसैले यस्तो परिकल्पना गर्ने सक्दैनन् उनीहरुलाई university  वोर्ल्ड बैंक ले जी डि पी  पर क्यपिटाको चाहिने नाचिने कुरा सिकाएको  तिनीहरु त्यतै डाटामै रुमलिएर बसेका छन् मलाई कसैको कुनै बेतुकका सिद्दान्तमा  अल्झिनु छै।  मलाई संसारबाट गरिबी हटेको हेर्ने सपना  त्यसैले मेरो सोचाइनै अर्कै   यो  भयो सिक्षा  स्वास्थ निसुल्क गर्न सकिने उपाए अब अरु ब्यबसाय कसरि लैजाने त। अहिले हरेक वार्डमा धेरै सहकारी छन् ति सबैलाइ मर्ज गरौ त्यो मर्ज गर्ने काम  दिन को होसबै सहकारीको हरेक हिसाबकिताब आधुनिकलेखा पद्दतिबाट राखौ  सबै सदस्यले सबै कारोबारको विवरण मोबाइलबाटै हेर्न मिल्ने गरौ  त्यहि सहकारीबाटनै सबैको जग्गा भाडामा लिएर कृसी उत्पादन गरौ  सहकारीले नै ठाउँ ठाउँ मा स्टल बनाएर बिक्रि गरौ साथै किराना पसललाइ पनि अल्लि ठुलो पारेर सहकारी माद्यमबाटै चलाउ। यतिगर्दा बित्तिकै खानको लागि आफ्नै जग्गामा उत्पादन भयो सिक्षा  स्वास्थ फ्री भयो।  मान्छे बेरोजगार  भने बेरोजगार भत्ता दिउ कि काम दिन सकिन्छ काम छैन भने भत्ता दिन सकिन्छ। 


यो कम्पनी मोडेल ठिक  तर यो सेकेण्डरी बजारमा सेयरको खरिद बिक्रि बेकारको मान्छे अल्झाउने बाटो भएको छ त्यो हटाई दिए हुन्छ मान्छेले सेयर किने पछि कम्पनिले नाफा गरेर बोनस लिने हो।  यो  चोरहरुको मार्केट भयो संसारभर कम्पनी खोल्छन बैंकबाट पैसा लिएर आज १०० मा सेयर किने त्यहि पैसा प्रयोग गरेर सुरुको सेयर आफैलाइ बडी हाल्छन  महिना paxi त्यो सेयर बढेर १००० पुग्छ बैंकको १०० तिरे भयो अरु सबै नाफा यस्तो हावादारी नाफाले देस बन्दैन देस बन्न त्यो कम्पनीले समान उत्पादन गरेर बेचेर कमाएको नाफाले मात्रै देस बलिओ हुने हो। बुज्दै नबुजी संसारभर मान्छे सेयरका पछि कुदेका छन्।  कम्पनि लसमा  सेयरको मूल्य बढेको  यस्तो नचाहिने संसारकै ठुलो क्यासिनो मान्छे जति त्यतै मस्त छन। सेयरको खरिद बिक्रि कसरि  गर्न सकिन्छ मैले पहिलानै लेखिसकेको छु हेर्न मन लागे मेरो अन्ने लेखमा हेर्न सक्नुहुनेछ।

 

अन्तमा   के भन्न चाहन्छु भने देस विकास गर्न पैसा चाहिदैन सबैले मिलेर काम गरे देस बन्छ  संसारलाई नेपालले नया तरिका देखाइदिन सक्छ।दिमागबाट नेताहरुलाई नेपालको बजेट कम  त्यहि भएर केहि गर्न सकिएन भन्ने कुरा हटाउनको लागि बिनम्र अनुरोध छ।



Thank You for Reading.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments